पाल्पाको भगवती खट जात्रालाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिनको लागी अनुरोध सहित ध्यानाकर्षण

पाल्पाको-नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिने प्रचलन रहेको छ ।  

 

पाल्पाली प्रशासकको रुपमा कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं. १८७१ पौष देखी १८७२ जेठसम्म भएको अग्रेजसँगको युद्धमा विजय हासिल गरेको थियो। यहि सम्झनामा वि.सं.१८७७ देखी निरन्तर रुपमा प्रत्येक बर्ष पाल्पामा विजयउत्सव मनाउने परम्परा रहेको छ। घरेलु हातहतियार, सेनाको संख्या कम भएको अवस्थामा समेत बुटवल क्षेत्रलाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिर सिहं थापाले युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने भाकल गरेका थिए। दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा बिजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी ७६ सम्म मन्दिर निर्माण गरी भगवति जात्रा मनाउन थालिएको थियो ।

 

विजय उत्सव प्रत्येक बर्ष भाद्र कृष्ण नवमीको दिन भगवतिको रथजात्राको सञ्चालन हुँदै आएको छ । जात्रालाई काठमाण्डौं पछिको दोस्रो ठूलो जात्राको रुपमा लिने गरिन्छ । अंगेज साम्राज्यवादको आक्रमणबाट मुलुकलाई जोगाउन जितगढी विजय गरेको इतिहास छ ।

 

पाल्पाको भगवती खट जात्रालाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिनको लागी अनुरोध गर्दै तानसेन नगरपालिकाकाे नेतृत्वमा प्रतिनिधि सभा सदस्य मा. ठाकुरप्रसाद गैरे,पाल्पाका कृयाशिल राजनीतिक दलहरू, भगवती मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूकाे सहभागीतामा  नेपाल अंग्रेज (नुवाकोट जितगढी) युद्धको विजयोत्सवका रूपमा मनाइने भगवती रथयात्रालाई राष्ट्रिय महत्वको दिनका रूपमा विकास गर्न र राष्ट्रप्रमुख वा सरकार प्रमुखको उपस्थिति अनिवार्य बनाउन अनुरोध गरेको छ । 

 

राष्ट्रियता,विरता,धिरता र रणकाैशलकाे इतिहास बाेकेकाे भगवती खट जात्रालाई राष्ट्रिय पर्वकाे रूपमा मान्यता दिनुपर्ने  माग सहित प्रधानमन्त्री पुष्पकमल दाहाल  तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती,सञ्चार मन्त्री रेखा शर्मा,अर्थमन्त्री प्रकाश शरण महतसंग भगवती जात्रालाई राष्ट्रिय पर्बको रुपमा मनाउने लगाएत पाल्पा जिल्लाकाे बिकास सम्बन्धि बिषयमा तानसेन नगरपालिका पाल्पाको अगुवाइमा ध्यानाकर्षण भेटघाट गरिएको नेकपा माओवादी केन्द्रका पाल्पा जिल्ला इन्चार्ज अनिल किशाेर घिमिरेले जानकारी दिनुभयाे ।

Comments