पाल्पाका ऐतिहासिक सम्पदा जोगाउन सबैको जोडबल

पाल्पा २३ फागुन । 

तानसेन नगरपालिकाको आयोजनामा पुरातत्व विभागको सहभागितामा पाल्पाका ऐतिहासिक सम्पदा संरक्षण गर्ने विषयमा सर्वदलिय सर्वपक्षिय छलफल भएको छ । तानसेन नगरपालिका लाई ऐतिहासिक सास्कृतिक नगरको रुपमा विकास गर्ने र पर्यटन व्यबसाय मार्फत चहल पहल बढाउन ऐतिहासिक सम्पदाको संरक्षण प्रमुख कार्य भएको सहभागीहरुले जोड दिए । 

सर्बदलिय बैठकमा तत्कालीन शहरी विकास तथा भवन डिभिजन कार्यालयले सन २००६ मा निर्माण गरेको पाल्पा दरवार गुरु योजना अनुसार दरवार परिसरको व्यबस्थापन गरे मात्र तानसेनको ऐतिहासिकता जोगाउन सकिने विषयमा बक्ताहरुले जोड दिए ।  

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले छलफल सुन्दा सबैका कमजोरीहरुले दरवार गुरुयोजना कार्यान्वयन हुन नसकेकोले आगामी दिनमा गुरु योजना सबै क्षेत्र, तह तप्का तथा सर्वसाधारणहरु लाई समेत उपलब्ध गराएर सर्बपक्षिय चासो जगाउनु पर्ने बताए । पुरातत्व विभागको सहकार्यमा ऐतिहासिक सम्पदा संरक्षणमा जिल्ला प्रशासन कार्यालय सहयोगी बन्ने प्रजिअ काफ्लेले  बताए । 

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्ग, विभागका उप सचिव राम बहादुर कुवँरले पाल्पा जिल्लाका पुरातात्विक महत्वका सम्पदाहरुको अवस्था भईरहेका काम तथा आगामी दिनमा स्थानीयवासी तथा  स्थानीय सरकारले गर्नुपर्ने काम कर्तव्य अधिकारको बारेमा जानकारी दिएका थिए । 

कार्यक्रममा प्रदेश सांसद विर बहादुर राना, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, नेपाली काग्रेसका जिल्ला सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका उपाध्यक्ष विष्णु कार्की, पर्यटनविद मनमोहन श्रेष्ठ, संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंह, ईतिहासविद निर्मल श्रेष्ठ, रानीामहल क्षेत्रका स्थानीयवासी, देवी प्रसाद भट्टराई, भगवती गुठी व्यबस्थापन समितीका सदस्य पदम न्यौपाने, तानसेन नगरपालिका वडा नंं ८ का वडा अध्यक्ष सोमनाथ अर्याल, पत्रकार प्रकाश नेपाल लगायतले पाल्पाका सम्पदाहरुको बारेमा जानकारी गराएका थिए । छलफलमा तानसेन नगरपालिका भित्र रहेका सम्पुर्ण ऐतिहासिक सम्पदाहरु संरक्षण गर्न सर्बपक्षिय निर्णय बाट सहमती पाएकोले सोही अनुसार नगरपालिकाले जिम्मेवारीपुर्वक काम गर्ने निर्यण गरेको छ । तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिंजालीको स्वागत, नगर प्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा सर्बदलिय छलफल कार्यक्रम चलेको थियो । 

Comments