पाल्पा उधोग वाणिज्य संघको ७० औ साधारणसभा सम्पन्न

पाल्पा- पाल्पा उधोग वाणिज्य संघको ७० औ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल उधोग वाणिज्य संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्वदेशी उधोगधन्दा, कलकारखाना चलायमान नहुदा सम्म  देशमा आर्थिक सम्बृद्धि नहुने बताएका छन । पाल्पा उधोग वाणिज्य संघको ७० औ साधारणसभा लाई तानसेनमा सम्वोधन गर्दै महासंघका अध्यक्ष ढकालले सरकारले स्प्रष्ट रुपमा स्वदेशी उधोग धन्दा मैत्री वातावरण ल्याई स्वदेशमै उत्पादन स्वदेशमै रोजगारीको अभियान संचालन गर्नुपर्ने बताए । सरकारले केही रुपमा गर्छकी भन्ने आशा मात्र पलाएको तर उधोगी व्यबसायीमैत्री वातावरण अझै वनिनसकेको अध्यक्ष ढकालले बताए । 

 

२०१५ साल देखी संचालनमा रहेको पाल्पाली ढाका कपडाको ब्राण्डिङ गरेर यस क्षेत्रमा  ढाका उधोगहरु संगै रोजगारी बढाउने  आर्थिक अवस्था चलायमान बनाउने काममा महासंघले पूर्ण रुपमा सहयोग गर्ने  महासंघका अध्यक्ष ढकालले बताए ।  जिल्ला जिल्लामा  परम्परागत रुपमा संचालनमा रहेका घरेलु तथा साना उधोगहरु लाई जिवनन्त बनाउने, प्राविधक रुपमा सघाउने र निरन्तर रुपमा संचालनको वातावरण मिलाउन सहयोग गर्ने महासंघका अध्यक्ष ढकालले जोड दिए । । नेपाल पब्लिक डेभलपनेन्ट कम्पनी स्थापना गरी १०  अर्ब लगानीमा कारोवार शुरु गरेको अध्यक्ष ढकालले बताए । उधोगी, व्यबसायी तथा सर्वसाधरण बाट स सानो पुजी संकलन गरेर देश व्यापी रुपमा उधोगधन्दा संचालन गरी स्वदेशमै रोजगारी बढाउने महासंघका अध्यक्ष ढकालले बताए । 

बर्तमान सरकारले निजी उधोगी व्यबसायीहरु संग सहकार्य गर्न खोजेको, बैकको व्याजदर घट्दो रहेकोले  स्वदेशमा लगानीमैत्री वातवरण तयार हुदै गएको अध्यक्ष ढकालले बताए । पाल्पा नेपालकै एउटा पर्यटकीय गन्तव्यको जिल्ला भएकोले प्रशस्त पर्यटकीय पुर्वाधार देखी शिक्षा स्वास्थ्य क्षेत्रमा लगानीको संभावना बढी रहेको अध्यक्ष ढकालले जोड दिए । तत्काल पाल्पामा ढाका र करुवा लाई पहिलो रुपमा ब्राण्डिङ गर्नुपर्नेमा ढकालको जोड थियो ।  स्थानीय स्तरमा रहेका स साना उधोगधन्दाहरु लाई स्थानीय सरकारले संरक्षण प्रवद्र्धन गर्नुपर्नेमा अध्यक्ष ढकालले बताए । 

 

नेपाल उधोग वाणिज्य संघका बस्तुगत उपाध्यक्ष हेमराज ढकाल, महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण सुवेदी र  महासंघका जिल्ला नगर  उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठले सरकार,व्यापारी,उधोगीहरू एक भएर लागेमा समृद्धि राष्ट्र बन्न सक्ने बताए । उनीहरुले सरकारले आर्थिक विकासको स्पष्ट धारणा  बनाउन नसक्दा युवाहरु  बिदेश पलायन भएको बताए । नेपाल उधोग वाणिज्य संघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठले धार्मिक, पर्यटकीय, साहसिक तथा विभिन्न उधोगहरु संचालनको लागी राम्रो वातवरण रहेकोले पाल्पामा लगानी गर्न उधोगी व्यबसायीहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले  नेपाली काङ्ग्रेसकाे विचारसँग जाेडिएर नेपाल उधाेग वाणिज्य संघले देशकाे अार्थिक हिस्सामा ठुलाे याेदान गरेको बताए । पाल्पाकाे हिसाबमा पाल्पा उधाेग वाणिज्य संघले तानसेनकाे श्रीनगरमा स्तम्भ निर्माण,क्याम्पसकाे शैक्षिक क्षेत्र,खानेपानी क्षेत्र,पर्यटनकाे क्षेत्रमा काम गरेको बताए । सभापति श्रेष्ठले सरकारले सन २०१२ काे सम्झौता अनुरूप एकद्वार प्रणालीबाट कर दाखिला गर्ने प्रद्वतिकाे प्रारम्भ गर्नुपर्ने बताए ।    

 

नेकपा एमालेका उपाध्यक्ष विमल काफ्ले, नेकपा माओवाद केन्द्रका प्रदेश सचिवालय सदस्य जित बहादुर थापा,  राष्ट्रिय स्वतन्त्र पाटीका  रमेश न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पाटी पाल्पाका अध्यक्ष डुल बहादुर कुवँरले मुलुकको आर्थिक अवस्था चलायमान नभएको बताए । एकीकृत समाजवादी पाल्पाका उपाध्यक्ष मोहन लाल गैरे, राष्ट्रिय जनमोर्च पाल्पाका सचिव नर्मती सिङ्जाली, पाल्पा जिल्ला संभावनै संभावना बोकेको जिल्ला भएकोले एक गाउँ एक उत्पादन निती बनाएर काम गर्न सुझाव दिए ।  मेक ईन पाल्पाको अभियानलाई सफल बनाउन उधोगी व्यबसायीहरुलाई आवश्यक सहयोग गर्न तयार रहेको राजनितिक दलका नेताहरुले प्रतिवद्धता जनाए । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले देशमा आर्थिक समृद्धि र विकासमा  उधोगी व्यबसायीहरुको महत्वपुर्ण हात रहेको बताए । रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले पर्यटन क्षेत्रहरुको विकास बाट नै  पाल्पालाई सम्बृद्ध बनाउन सकिनेमा जोड दिए ।

 

जिल्ला नगर उधोग वाणिज्य संघ भक्तपुरका अध्यक्ष रोशनी धन्वन्जाले महिला उधोगीहरूलाई अनलाइन माध्यमबाट व्यापार गर्न डिजिटल मार्केटिङको क्षेत्रमा काम गरिरहेको बताईन । तानसेन स्कुल अफ हेल्थ साइन्सका प्रिन्सिपल सकुन्तला थान्जु, पाल्पा व्यापार संघका अध्यक्ष  बामदेब बस्याल, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, संघका निवर्तमान अध्यक्ष राजु महर्जनले पाल्पा बनाऔ भन्ने भावनाका साथ सबै पक्ष बाट एकजुट भएर जिल्लाको विकासमा लाग्नु पर्नेमा जोड दिए । संघका  अध्यक्ष शैलेन्द्र भट्टराईले जिल्लाको विकासमा महासंघ संग सहकार्य गरेर काम गर्ने बताए ।  ७० औ साधारणसभाको संचालन महासचिव समिरमान सिंहले गरेका थिए ।

Comments