पाल्पा उद्योग वाणिज्य संघद्वारा विरेन्द्र फुलवारीलाई सहयोग हस्तान्तरण
पाल्पा – पाल्पा उद्योग वाणिज्य संघले तानसेन नगरपालिका वडा नं. ६ मा रहेको विरेन्द्र फुलवारीलाई करिब ५० हजार रुपैयाँ बराबरको ७ थान कुर्ची हस्तान्तरण गरेको छ । एक समारोहबीच संघका अध्यक्ष शैलेन्द्र भट्टराईले वडा नं. ६ का वडा अध्यक्ष सागर मान महर्जनलाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख प्रतिक्षा गाहा सिंजाली प्रमुख अतिथि रहनु भएको थियो । उहाले विरेन्द्र फुलवारीको सौन्दर्यीकरणमा पाल्पा उद्योग वाणिज्य संघले देखाएको योगदान सराहनीय बताउनुभयो । स्थानीय तह र संघसंस्थाबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने बताउदै सामाजिक उत्तरदायित्व वहन गर्दै संघले गरेको सहयोग प्रेरणादायी रहेको बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि तानसेन वडा ६ का वडा अध्यक्ष महर्जनको विरेन्द्र फुलवारी वडाको एक महत्वपूर्ण सम्पदा रहेको बताउनुभयो । यसको सौन्दर्यीकरणमा पाल्पा उद्योग वाणिज्य संघको योगदानप्रति धन्यवाद व्यक्त गर्दै संघले प्रदान गरेको कुर्सीहरूबाट व्यवस्थापन र आगन्तुकको स्वागतमा सहजता हुने बताउनुभयो । वडाको तर्फबाट यस्ता सामाजिक सहकार्यलाई सधैं प्रोत्साहन गर्ने बताउनुभयाे । कार्यक्रममा पाल्पा उधाेग वाणिज्य संघका पुर्व अध्यक्ष राजु महर्जन,भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशाेक महर्जन,विरेन्द्र फुलबारी निर्माण समितिका पुर्व संयाेजक सुरेन्द्र कर्मचार्य लगाएतले मन्तव्य राख्नु भएको थियाे । कार्यक्रम संघका सचिव विदुर घिमिरेकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments