पाल्पा महोत्सवमा महिला उधमीहरूले दुना टपरी बनाउदै बेच्दै

पाल्पा महोत्सव २०८१ मा महिला उधमीहरूले स्टल नम्बर १४ मा दुना टपरी उधाेगबाट उत्पादित दुना टपरीकाे स्टल राख्नु भएको छ । महाेत्सवमा बगनासकाली दुना,टपरी उधाेग,बगनासकाली वडा न २ पाेखराथाेकका महिला उधमीहरूले मेसिन नै महाेत्सवकाे स्टलमा राखी प्रयाेगात्मक रूपमा दुना टपरी उत्पादन गरि विक्री वितरण गरिरहनु भएको  छ । कल्पना विक बगनासकाली दुना,टपरी उधाेगकी अध्यक्ष  हुनुहुन्छ । महाेत्सवमा उधाेगबाट उत्पादित दुना,टपरीकाे विक्री वितरण गर्न पाउँदा खुशी भएको सुनाउनुभयाे । 

 

गाउँपालिकाले दिएकाे उधमशीलता तालिम लिनु भएका महिलाहरूले अहिले गाउँपालिकाकाे वडा न २ पाेखराथाेकमा बगनासकाली दुना,टपरी उधाेग नामक उधाेग सञ्चालन गर्नु भएको छ । महाेत्सवमा महिलाहरूले ३ वटा आकारका दुना,टपरीकाे उत्पादन गरेर विक्री गरिरहनु भएको छ । महिलाहरूले दुना,टपरी मात्र उत्पादन एवम विक्री नगरी परालबाट निर्मित चप्पलकाे पनि विक्री वितरण गरिरहेकाे बताउनुभयो । उधमी विकले भन्ने भयाे,"हामीले उत्पादन गर्ने दुना टपरी एक प्याकेटमा ५० पिस हुन्छ ,उक्त ५० पिसलाई रूपैयाँ २ सय ५० मा विक्री गरिरहेका छाै," उहाले बताउनुभयो । हाल उधाेगमा ७ जना महिलाहरूले राेजगारी पनि पाउनु भएको छ । उधाेगमा संलग्न भएका महिलाहरूले दुना,टपरी विक्री वितरण गरि मासिक रूपैयाँ २० हजार सम्म आम्दानी गर्ने गरेको बताउनुभयो । 

 

प्लास्टिककाे तुलना दुना टपरीकाे प्रयाेग स्वास्थ्य बर्दक र वातावरण मैत्री भएकाले पनि अहिले दुना टपरीकाे माग बढि रहेको बताउनुभयो । ३ बर्ष अगाडि गाउँपालिकाबाट तालिम लिएका महिला उधमीहरूले अहिले मासिक रूपमा राम्रो आम्दानी गरिरहेका छन । हाल गाउँपालिकाकाे वडा न १ चिलाङ्दीमा सञ्चालन भएकाे पाल्पा महाेत्सव २०८१ मा पालिकाले नि;शुल्क स्टल उपलब्ध गराई दुना टपरीकाे प्रयाेगात्मक उत्पादन र विक्री वितरण गर्न पाउँदा उधमी महिलाहरू खुशी भएका छन । 

 

पाल्पा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण जिल्ला हाे ।  विविधतामा एकता झल्काउने महोत्सवहरूको गन्तव्य पनि हो । यसैको एउटा ज्वलन्त उदाहरण हो, पाल्पा महोत्सव, जसले स्थानीय कुटिर उद्योगलाई प्राथमिकता दिँदै जिल्लाको सांस्कृतिक, सामाजिक, र आर्थिक उन्नयनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । पाल्पा महोत्सवले विशेषगरी परम्परागत सीप र घरेलु उत्पादनहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय कुटिर उद्योगलाई विशेष स्थान दिएको मेलाका सह-संयाेजक यज्ञमुर्ति तिमिल्सिनाले बताउनुभयो । महाेत्सवमा स्वास्थ्य परिक्षण डेक्स, धातुका कलात्मक सामग्री,कृषि सामाग्रीकाे प्रर्दशनी र स्थानीय खाद्य उत्पादनहरूकाे स्टललाई मुख्य प्राथमिकता दिइएको बताउनुभयो । 

 

पाल्पा महोत्सवले स्थानीय कुटिर उद्योगलाई प्राथमिकता दिँदा, केवल उत्पादनको प्रवर्द्धन मात्र हुँदैन, यो आत्मनिर्भर अर्थतन्त्रको जग निर्माणतर्फ एक प्रभावकारी कदम पनि रहेको बताउनुहुन्छ,कुटुम्ब मिडिया प्रा.ली.का सञ्चालक एवम महाेत्सवका संयाेजक नारायण न्याैपाने,उहाले स्थानीय उत्पादन र परम्परालाई महोत्सवमार्फत प्रवर्द्धन गर्दै जिल्लाको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पु-याउन लक्ष्य महाेत्सवकाे रहेको मेलाका संयाेजक न्याैपानेले बताउनुभयो । महाेत्सवमा दुना,टपरी उधाेगसँगै स्थानीय उधाेगबाट उत्पादित  धातुका कलात्मक सामग्री,कृषि उत्पादनका स्टलहरू राखिएको छ ।

Comments