पाल्पा महाेत्सवमा गायक श्याम रानाले गीत गाउँदा झुमे दर्शक
पाल्पा-कुटुम्ब मिडिया नेटवर्क प्रा.लीकाे आयोजनामा जिल्लाकाे बगनासकाली गाउँपालिका वडा न १ चिलाङ्दी,खेलमैदानमा जारी महोत्सवमा शुक्रबार चर्चित लाेक तथा दाेहाेरी गायक श्याम रानाले गीता गाउँ दर्शक झुमे, शुक्रबार दर्शकहरुको चाप बढेको थियाे ।
शुक्रबार चर्चित गायक श्याम राना लगाएत सपना राेका,ममता काेइराला,कमल भट्टराई लगाएतकाे प्रस्तुति रहेको थियाे । विशेषगरि लाइभ दाेहाेरीबाट सर्वाधिक रूपमा दर्शककाे मन जित्न सफल लाेक दाेहाेरी गायक रानाले रेलै सललल..., रातो बारुको, फूल फुलेर,मनको माया लगायत थुप्रै गीतहरु प्रस्तुत गरेका थिए । रानाको प्रस्तुतीमा पाल्पाका दर्शकहरु गीतसँगै रमाउँदै गाउँदै गरेका थिए । गायक रानाले रेलै सललल गीत गाउदा दर्शकहरूबाट ताली,हुटिङ्गले साथ दिए ।
भोलि शनिबार गायक अर्जुन सापकोटा,नितु काेइराला,सिमा सारू,सलिना थापा,रबिन थापाकाे आफ्नो प्रस्तुती रहने अायाेजकले जनाएका छन । ९ गते सुरु भएको महोत्सव पुष १८ गतेसम्म सञ्चालन हुनेछ ।








































Comments