पाल्पा महाेत्सव २०८१ काे तयारी पूरा,भाेली महाेत्सव शुरू हुदै !!

मंगलबारदेखि पाल्पा महोत्सव हुने भएको छ। बगनासकाली गाउँपालिकाको प्रवर्द्धन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा हुने महोत्सव दस दिनसम्म सञ्चालन हुनेछ। बगनासकाली गाउँपालिका–१ चिलाङ्दीस्थित खेल मैदानमा हुने महोत्सव पुस १८ गतेसम्म चल्नेछ । स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति महोत्सवमा प्रस्तुत गरिने महोत्सव मूल आयोजक समितिका संयोजक नारायण न्यौपानेले बताए । उनकाअनुसार पाल्पाका ऐतिहासिक स्थलका फोटो प्रदर्शनी गर्नका लागि फोटो ग्यालरी समेत राखिनेछ ।

 

पर्यटन प्रवर्द्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्न र मनोरञ्जन प्रदान गर्नका लागि महोत्सव आयोजना गरिएको उनले बताएफ। महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। करिब ३ करोड बराबरको कारोबार हुने अनुमान रहेको सदस्य यज्ञमूर्ति तिमिल्सिनाले बताए ।

 

महोत्सवमा एक सय ५० स्टल रहनेछन् । कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापार व्यवसाय, रेष्टुरेण्टका स्टल रहनेछन् ।  महोत्सवमा होण्डा डान्स आईडल समेत हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने आयोजक समितिका अर्का सदस्य विष्णुप्रसाद घिमिरेले बताए । महोत्सवको तयारी समेत अन्तिम चरणमा पुगेको छ । महोत्सवको मन्त्री परिषद्का अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए ।

 

Comments