पाल्पा कारागारमा कैदीबन्दीका लागि राष्ट्रिय परिचयपत्र दर्ता सुरू
पाल्पा, चैत ८ – पाल्पा कारागारमा रहेका कैदीबन्दीका लागि राष्ट्रिय परिचयपत्र बनाउने काम सुरू गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारमै कक्ष राखी दर्ता प्रक्रिया अघि बढाएको हो ।
प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीको आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षा निकाय, राष्ट्रिय परिचयपत्र शाखा र सुरक्षित आप्रवासन कार्यक्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कारागार प्रशासक भगवान भक्त अर्यालका अनुसार २ सय ७१ कैदीबन्दीमध्ये आवश्यक कागजात मिल्ने ५८ जनामध्ये पहिलो दिन १८ जनाको दर्ता सम्पन्न भएको बताउनुभयो । बाँकी कैदीबन्दीको पनि क्रमशः परिचयपत्र बनाइने छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले सरकारले लिएको नीति अनुसार कैदीबन्दीहरूलाई आवश्यक सेवाबाट बञ्चित हुन नदिन यो प्रक्रिया सुरू गरिएको बताउनुभयाे ।








































Comments