पाल्पा—२ का नयाँ उम्मेदवार हिमालदत्त युवा माझ प्रिय

पाल्पा-दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा नेपाली काङ्ग्रेसका युबा र नयाँ उमेदवार युवा माझ लोकप्रिय बनेका छन् । पाल्पा—२ का युवा उम्मेद्धार हिमालदत्त श्रेष्ठ बिद्यार्थी तथा नबयुवा माझ झनै लोकप्रिय बन्नुभएको छ । उहाँको सक्रियता तथा निर्वाचनको समयमा जनताको घरदैलोसम्म पुग्ने र सुझाब सल्लाह लिने कामको निरन्तर लगाब र मेहनत लोभलाग्दो रहेको छ । युवा उमेरमै राजनिति तथा समाजसेवालाई मुल धर्म बनाएर लाग्नुभएका श्रेष्ठले प्रतिनिधिसभा सदस्य बनेर जनताको सेवाको भावलाई उच्च प्राथमिकताका साथ काम गर्ने संकल्प गर्नुभएको छ । 

 

जेनजी आन्दोलनको भावना अनुसार युबा उमेदवार पाउँदा पाल्पाका युबा मतदाता (जो पहिलो पटक मतदान गर्दै छन्) झनै उत्साही भएको घरदैलोको क्रममा पाइएको पाल्पा–२ का रुख चिन्हका उमेदवार श्रेष्ठले बताउनुभयो । उमेदवार श्रेष्ठ अहिले माथागढीको चिदिपानी, बगनासकालीको चापपानी, चिर्तुङघारा लगायतका स्थानमा निरन्तर युबा, समाजसेबी, तथा महिला दिदी बहिनीको आँगनमा हुनुहुन्छ । 

 

अन्य दलले पट्क पट्क दोहोरीएका उम्मेदवारलाई निर्वाचनमा उठाएपनि पाल्पाका दुबै क्षेत्रमा नेपाली काङ्ग्रेसले युवा पुस्ताका नेता हिमालदत्त श्रेष्ठ र सन्दीप रानालाई पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गराउदै छ । नो नट अगेनको मर्मलाई यी दुई सशक्त युबाको उम्मेद्बारीले सम्बोधन गरेको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पामा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । विशेष गरी युवाहरूको चाहना युबा उम्मेदवार श्रेष्ठ र रानाको पक्षमा देखिएको छ । नेपाली काँग्रेसको रूपान्तरण अभियानसँगै पाल्पाको क्षेत्र नम्बर १ मा ३८ बर्षका सन्दिप राना र क्षेत्र नम्बर २ मा ४५ बर्षका हिमालदत्त श्रेष्ठको उमेद्वारीले कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा थपेको छ ।

Comments