पाल्पा जेसीजकाे आयाेजनामा वक्तृत्वकला प्रतियाेगीता सम्पन्न
पाल्पा- जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था पाल्पा जेसीजकाे आयाेजना र प्रिय दर्शन शाक्य स्मृतिमा प्रथम नगर स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियाेगीता सम्पन्न भएको छ । बिहिबार सम्पन्न प्रतियाेगीतामा देववाणी सस्कृत तथा साधारण माध्यमिक विद्यालयका सञ्जु न्याैपाने प्रथम भएकि छन । द्वितीयमा सरस्वती माध्यमिक विद्यालयका प्रमिला विक,तृतीयमा जनता माध्यमिक विद्यालयका सुरज डाँगि भएका छन भने सान्त्वनामा माेहन कन्या माध्यमिक विद्यालयका दीक्षा पाण्डे र पाल्पा आवाशिय बाेर्डिङ्ग स्कुलका दिव्या पाण्डेय भएका छन । प्रतियाेगितामा विजयी हुने विद्यालय र विद्यार्थीहरूलाई सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियाे ।
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिङ्जाली सस्थाले नगर स्तरीय वक्तृत्वकला प्रतियाेगीता गरि विद्यार्थीहरूमा अन्तनिहित क्षमताकाे पहिचान गर्न सहयोग गरेको बताइन । सस्थाले आगामी दिनमा सामाजिक क्षेत्रमा थप सकारात्मक र रचनात्मक कार्यक्रमहरू ल्याउन सकाेस भनी सुभेच्छा गर्दै सस्थासँग नगर सरकारले सहकार्य गरेर अगाडि बढ्ने बताइन । कार्यक्रममा सस्कृति विद निर्मल प्रसाद श्रेष्ठ,पाल्पा जेसीजका निवर्तमान अध्यक्ष सुनिल कुमार बस्याल,तानसेन वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम पाल्पा जेसीजका अध्यक्ष अर्जुन कार्कीकाे अध्यक्षता र सहसचिव सुमन बस्यालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments