पाल्पा जेसीजकाे आयाेजनामा नसर्ने रोग सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न
पाल्पा-पाल्पा जेसीजकाे आयाेजनामा नसर्ने रोग सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकाे प्राविधिक सहयोग तानसेन नगरपालिका स्वास्थ्य शाखाकाे रहेको थियाे । तानसेन नगरपालिका वडा न ५ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जेसीज पाल्पाले नसर्ने रोग सम्वन्धी सचेतना प्रदान गरेको हाे । शासन व्यक्तिकाे हाेइन विधिकाे हुनुपर्छ भन्ने मुख्य उधेश्यका साथ जिल्लाकाे सामाजिक कार्यमा सकृय भुमिका खेलकाे सस्था पाल्पा जेसिजले विद्यार्थीहरूलाई एक दिने नसर्ने रोग सम्वन्धी सचेतना प्रदान गरेको हाे ।
कार्यक्रमका प्रमुख अतिथि लक्ष्मी माध्यमिक विद्यालयका तानसेन वडा न ५ बन्दिपाेखराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कार्कीले जेसिजले विद्यालयका विद्यार्थीहरूलाई नसर्ने रोग सम्वन्धी सचेतना प्रदान गरि प्रशंसानीय कार्य गरेको बताए । पछिल्लो समयमा सर्ने राेग भन्दा नसर्ने राेगबाट धेरै मानिसहरू पिडित भइ रहेकोले स्वास्थ्य जीवनशैली यापनमा गर्नका लागि सचेतना जगाउन आवश्यक रहेको बताए । विश्वव्यापीकरण, शहरीकरण, जनसंख्या वृद्धि, वातावरण प्रदूषण, जीवनशैलीमा आएको परिवर्तनसँगै नसर्ने रोग, दुर्घटना तथा मानसिक रोगमा व्यापक वृद्धि भइरहेकाले सस्थाले अन्य विद्यालयहरूका विद्यार्थीहरूलाई सजग र सचेत बनाउन कार्यक्रम आवश्यक बताए । कार्यक्रमका विशिष्ट अतिथि विद्यालय प्रधानाध्यपक विष्णु प्रसाद सिग्देलले सर्ने रोगको नियन्त्रण खोप तथा अन्य उपायबाट गरिने भए पनि नसर्ने रोगको नियन्त्रणका लागि स्वयं व्यक्तिको व्यवहारमा भर पर्ने भएकाले सबै जनाले स्वास्थ्य जीवनशैलीमा ध्यान दिनुपर्ने बताए । सस्थाले आगामी दिनमा यस्तै सकारात्मक र रचनात्मक कार्य गर्न सफलता मिलाेस भनी शुभकामना व्यक्त गरे ।
कार्यक्रममा औषधी व्यवसायी संघ पाल्पाका सचिव सचिन विष्ट,वर्तमान सल्लाहाकार एवम पुर्व अध्यक्ष पुर्ण राज शाक्य,विद्यालय व्यवस्थापन समितिका सदस्य दिपक खड्का, कार्यक्रम संयाेजक गणेश पन्थी लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा प्रशिक्षण तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द न्याैपानेले नसर्ने रोग सम्वन्धी सचेतना प्रदान गरेका थिए । कार्यक्रमकाे सञ्चालन कानुनी सल्लाहकार विवेक काजी शाक्यकाे सञ्चालन भएको थियाे । कार्यक्रम एन एल जि इन्स्योरेन्स पाल्पाका प्रबन्धक प्रदिप पाण्डेयकाे स्वागत मन्तव्य र पाल्पा जेसीज बर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।








































Comments