पाल्पा जेसिजकाे आयाेजनामा महिलाहरुको नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम शुरू
पाल्पा- जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था पाल्पा जेसिजकाे आयाेजनामा तानसेन वडा न ५ भित्रका महिलाहरुको नेतृत्व तथा क्षमता अभिवृद्धिका लागि २ दिने प्रभावकारी सञ्चार, सिप तथा भाषण कला तालिम शुरू भएको छ । कार्यक्रम तानसेन नगरपालिका वडा न ५ काे आर्थिक सहयोग र पाल्पा जेसीजकाे आयाेजना शुरू भएको हाे । तानसेन स्थित हाेटल पाैवामा हुने तालिममा वडा ५ का ४० जना महिलाहरूकाे सहभागीता रहेकाे छ ।
तालिमकाे शुभारम्भ एक औपचारिक कार्यक्रमका बिच तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले तालिमले महिलाहरूकाे व्यक्तित्व र नेतृत्व विकास गर्न महाेत्वपुर्ण भुमिका खेल्ने बताए । अब महिलाहरू पनि नेतृत्वमा आउनुपर्ने बताए । नेपालकाे संविधानले महिलाहरूलाई ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको छ । संवैधानिक व्यवस्था अनुरूप अब हरेक महिलाहरू नेतृत्वमा आउनुपर्ने बताए । सन १९८० मा स्थापना भएको पाल्पा जेसीजले स्थापना देखि युवाहरूकाे व्यक्तित्व र नेतृत्व विकासका लागि विभिन्न सकारात्मक र रचनात्मक कार्य गर्दै आएकाेमा प्रशंसा गरे । सस्थाले युवाहरूमा अन्तरनिहित क्षमतालाई विभिन्न कार्यक्रमहरूकाे माध्यमबाट प्रस्फुटन गराउने र नेतृत्व विकास गरि सक्षम एवम दक्ष जनशक्ति तयार गर्ने कार्यमा अग्रसर भइरहेको बताए । दुई दिन सम्म सञ्चालन हुने तालिमले पक्कै पनि सहभागी महिलाहरू असल नेतृत्व कर्ता एवम कुशल उद्घाेषककाे रूपमा तयार हुनेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा सम्पुर्ण वडा अध्यक्ष तर्फबाट तानसेन वडा न १ का वडा अध्यक्ष एवम पाल्पा जेसीजका निवर्तमान अध्यक्ष सुनिल कुमार बस्यालले आफु जेसिजमा प्रवेश गरेकै कारण आज वडाकाे नेतृत्व गर्न सफल भएको बताए । जेसीजले युवाहरूकाे नेतृत्व विकास गर्न,क्षमताकाे विकास गर्न,समुदाय स्तरमा घुलमिल हुने वातावरण सिर्जना गर्न र असल नेतृत्व कर्ताले निभाउनुपर्ने भुमिकाका बारेमा प्रत्यक्ष रूपमा जानकारी लिने अवसर प्रदान गर्ने बताए । महिलाहरूकाे क्षमता वृद्धि गरि सक्षम बनाउन पाल्पा जेसीजले आयाेजना गरेको प्रभावकारी सञ्चार, सिप तथा भाषण कला तालिम प्रशंसानिय रहेको बताए । तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गरि असल नेतृत्व कर्ताकाे रूपमा आफुलाई स्थापित गराउन सहभागीहरूलाई आग्रह गरे ।
कार्यक्रममा तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,वडा न ३ का वडा अध्यक्ष बाबू रत्न शाक्य ,वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,तानसेन वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन,वडा न ७ का वडा अध्यक्ष प्रदिप खनाल लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रममा स्वागत मन्तव्य तानसेन वडा न ५ का कार्यवाहक वडा अध्यक्ष मान बहादुर कार्कीले राखेका थिए । भने कार्यक्रम सञ्चालन पाल्पा जेसीज बर्ष २०२४ का महासचिव बिजय कार्कीकाे सञ्चालनमा सम्पन्न भएको थियाे । तालिममा जेसी रजनी थापाले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम पाल्पा जेसीज बर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीकाे अध्यक्षमा सम्पन्न भएको थियाे ।
तालिम शुभारम्भ कार्यक्रममा बाेल्दै अध्यक्ष जेसी कार्कीले व्यक्तिको क्षमता विकास तथा कुशल उद्घोषक उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । तालिमबाट सामाजिक समारोह, कार्यक्रम, गोष्ठी लगायतमा निर्धक्कका साथ आफना भनाई राख्न सक्ने जनशक्ति उत्पादन हुने विस्वास उनले व्यक्त गरेका छन् । बिशेष गरि जेसिजले १८ देखि ४० बर्ष भित्रका उमेर समुहका युवाहरूकाे अन्तर्निहित क्षमताकाे पहिचान गर्ने र ती युवाहरूकाे व्यक्तित्व एवम नेतृत्व विकासका लागि सकारात्मक र रचनात्मक कृयाकलापहरू सञ्चालन गर्दै आएकाे अध्यक्ष कार्कीले बताए ।








































Comments