पाल्पा जेेसिजकाे आयाेजनामा कन्या माविमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सचेतना कार्यक्रम
पाल्पा-जिल्लाकाे तानसेन नगरपालिका वडा न ४ मा अवस्थीत माेहन कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था पाल्पा जेसिजले यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सचेतना कार्यक्रम प्रदान गरेको छ । जेसिज पाल्पाले कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूलाई शुक्रबार सचेतना प्रदान गरेको हाे ।
कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य अधिकार अन्तर्गत सुरक्षीत गर्भपतन भनेको के हो ? सुरक्षीत गर्भपतन सेवाको उदेश्य,गर्भपतनका प्रकार,असुरक्षीत गर्भपतनका तथ्यहरु र यस बाट निम्तीने समस्याहरुको बारेमा जानकारी गराइएको थियाे । यौन तथा प्रजनन स्वास्थ्य अधिकारमा सबैको समान पहुच हुनु पर्ने भन्दै अपाङ्गता भएका व्यक्तिहरू र यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको लागि पनि सुरक्षित गर्भपतनको हक रहेको र उनिहरुको लाई पनि ध्यानमा राखेर सेवा प्रवाह गर्नु पर्ने तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्याैपानेले बताउनुभयो ।
"शासन व्यक्तिको होइन, विधिको हुनु पर्दछ"मुख्य उधेश्यका साथ जेसिज पाल्पाले विभिन्न सामाजिक कामहरू गर्दै आएकाे छ । कार्यक्रमका प्रमुख अतिथि माेहन कन्या माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विधान श्रेष्ठले विद्यालयलाई छनाेट गरि सचेतना कार्यक्रम ल्याएकाेमा पाल्पा जेसिजलाई धन्यवाद दिए । पाल्पा जेसीजले ब्यक्तित्व र नेतृत्व बिकास सँगै समाजको हरेक क्षेत्रमा काम गर्दै आएकोमा प्रशंसा गरे ।
विद्यालयमा गरिएको कार्यक्रमले छात्रा विद्यार्थीहरुको आत्मबल बढाउनुका साथ साथै आफ्ना समस्याहरु निर्धक राख्न सक्ने बानीको बिकास हुने विश्वास व्यक्त गरे । कार्यक्रमका बिशिष्ठ अतिथि विद्यालयका प्राधानाध्यापक दिपक घिमिरेले कार्यक्रम गरि विद्यार्थीहरू सचेत बनाउन सहयोग गरेकोमा पाल्पा जेसिजलाई धन्यवाद दिए । यस्ता कार्यक्रमहरु विद्यालयका बिधार्थीहरुलाई दैनिक जीवनमा आउने समस्यालाइ समाधान गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्कीले विद्यालयका छात्राहरुले आफ्ना शारिरमा आउने परिवर्तनलाई निर्धक्कसँग राख्न सकुन भनी कार्यक्रम राखिएको बताए । किशाेर अवस्थामा किशाेर किशोरीहरूले आफुमा भएकाे परिवर्तन परिवारमा,साथी भाईहरूसँग खुलेर कुरा हिच्किटावत हुने हुदा जेसिज पाल्पाले सचेतना प्रदान गरेको बताए ।








































Comments