पाल्पा जेसिजको आयोजनामा जेसिज सप्ताह २०२४ शुरू,नगर प्रमुख श्रेष्ठद्वारा समुद्घाटन
पाल्पा जेसीजको आयोजनामा जेसीज सप्ताह २०२४ शुरू भएको छ । साउन ४ गते देखि १० गते सम्म सञ्चालन हुने जेसिज सप्ताहको समुद्घाटन तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले जेसिजले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि प्रशंसानिय कार्य गरेको बताउनुभयो । जेसिजले युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने हेतु गरेको कार्यक्रमको पुर्ण सफलताको कामना गर्दै कार्यक्रमका लागि नगर सरकार तर्फबाट र आफ्नो व्यक्तिगत रूपमा गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्नुभयो । जेसिजले विशेष गरि १८ देखि ४० बर्ष सम्मका युवाहरूको व्यक्तित्व र नेतृत्व विकास गर्ने,युवाहरू उत्पादनमा जोड्नका लागि सहजीकरण गर्ने प्रयास स्थापना काल देखि नै गर्दै आएको बताउनुभयो । आगामी दिनमा समाजमा अझ सकारात्मक र रचनात्मक कार्यक्रम सञ्चालन गर्न सस्थालाई सुझाव दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि पाल्पा जेसिजका सस्थापक अध्यक्ष जेसि छत्रराज शाक्यले पाल्पामा जेसिज १९८१ मा स्थापना भएको बताउनुभयो । पाल्पामा रेडक्रस पछिको सबै भन्दा जेठो सस्था जेसिज रहेको बताउनुभयो । जेसिजले स्थापना काल देखि १८ देखि ४० बर्ष समुहका युवाहरूको क्षमता अभिवृद्धि गरि असल नेतृत्व कर्ता उत्पादन गर्न सफल भएको बताउनुभयो । सस्थाले युवाको नेतृत्व विकास र क्षमता अभिवृद्धिका कार्यक्रमको साथसाथै सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरूलाई पनि प्राथमिकिकरण गरेर अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सम्पुर्ण संघ सस्थाको तर्फबाट नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा अध्यक्ष बाबुराम कार्कीले देशका तिनै तहका सरकारमा युवाहरूले बाघडोर सम्हालु पर्ने बताउनुभयो । पछिल्लो समयमा देशको नेतृत्व तहले सहि रूपमा नेतृत्व नगर्दा देशको अवस्था दिन प्रतिदिन खस्किदै गएको बताउनुभयो । देशको नेतृत्व तहमा पुग्न यस्ता जेसिज जस्ता सस्थाहरूले युवाहरूलाई सशक्तीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । साथै रेडक्रस पाल्पाले जिल्लामै नमुना काम गर्ने उधेश्य ब्लड बैंक स्थापना गर्न लागिरहेको बताउदै सम्पुर्णमा सहयोग गरिदिनुहुन अपिल गर्नुभएको छ ।
कार्यक्रममा पाल्पा जेसिजका पुर्व अध्यक्ष बुद्वि प्रसाद शर्माले जेसिज सामाजिक सस्था रहेको बताउनुभयो । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने मुख्य उधेश्यले सामाजिक क्षेत्रमा अग्रसर रहेको सस्था जेसिले सप्ताहव्यापी कार्यक्रम शुरू गरि नमुना काम गरेको बताउनुभयो । कार्यक्रममा तानसेन वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्य,तानसेन वडा न १ का वडा अध्यक्ष एवम जेसिजका निवर्तमान अध्यक्ष सुनिल कुमार बस्याल,वडा न ६ का वडा अध्यक्ष सागर मान महर्जन, पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष एवम पाल्पा जेसिजका पुर्व अध्यक्ष शैलेन्द्र भट्टराई,प्रेस चौतारि नेपालका केन्द्रिय सदस्य मिलन विक लगाएतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम पाल्पा जेसीज बर्ष २०२४ का अध्यक्ष जेसी अर्जुन कार्कीको अध्यक्षता र महासचिव जेसी बिजय कार्कीको सन्चालनमा सम्पन्न भएको छ । कार्यक्रम बोल्दै अध्यक्ष जेसी कार्कीले व्यक्तिको क्षमता विकास तथा कुशल उद्घोषक उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताए । तालिमबाट सामाजिक समारोह, कार्यक्रम, गोष्ठी लगायतमा निर्धक्कका साथ आफना भनाई राख्न सक्ने जनशक्ति उत्पादन हुने विस्वास उनले व्यक्त गरेका छन् । बिशेष गरि जेसिजले १८ देखि ४० बर्ष भित्रका उमेर समुहका युवाहरूको अन्तर्निहित क्षमताको पहिचान गर्ने र ती युवाहरूको व्यक्तित्व एवम नेतृत्व विकासका लागि सकारात्मक र रचनात्मक कृयाकलापहरू सञ्चालन गर्दै आएको अध्यक्ष कार्कीले बताए ।








































Comments