पाल्पा जेसिजको आयाेजनामा जेसिज सप्ताह सम्पन्न
पाल्पा, पाल्पा जेसिजले सञ्चालन गरेको महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास एक हप्ते अभियान सकिएको छ । साउन ४ गतेदेखि सञ्चालन भएको जेसिज सप्ताह साताव्यापी कार्यक्रम गरी सकिएको हो ।
शासन व्यक्तिको होेईन विधीको हुनुपर्दछ भन्ने मुल नाराका साथ शुरु भएको जेसिज सप्ताहबाट तानसेन नगरपालिकाको वडा नं. १ देखी ७ सम्मका टोलविकास संस्थामा आवद्ध महिलाहरु प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रममा नगरपालिकाको ७ वटा वडाका टोल विकास संस्थाका महिलाहरुको व्यक्ति, नेतृत्व विकास र उनीहरुलाई उद्यमशिलतामा अग्रसर बनाउने गरी प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । महिलाहरुलाई क्षमतावान बनाउने, आफ्ना कुरा निर्धक्कसँग राख्न सक्ने गरी क्षमता बढाउने, हरेक विषयबस्तुमा वादविवाद गर्न सक्ने बनाउने, एकले अर्काे प्रति प्रश्न गर्न सक्ने बनाउने गरी प्रशिक्षण केन्द्रित रहेको पाल्पा जेसिजका अध्यक्ष अर्जुन कार्कीले बताए ।कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले हरेक व्यक्तिलाई क्षमतावान बनाउने, शिक्षित बनाउने, आयआर्जनमा क्रियाशिल बनाउने ३ वटै सरकारको दायित्व भएकाले तानसेन नगरपालिकाले पाल्पा जेसिजसँग मिलेर नगरका महिलाहरुको व्यक्तित्व, नेतृत्व र उद्यमशिलताको विकासमा ध्यान दिएको बताए ।
कार्यक्रममा तानसेन नगरपालिका– ३ का अध्यक्ष बाबुरत्न शाक्यले महिलाहरुले लिएको तालिम व्यवहारमा पनि ल्याउनु पर्नेमा जोड दिए । जेसिजले गरेको कार्यक्रमले महिलाहरुमा आत्मविश्वास बढाएको बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले तानसेनका टोलविकास संस्थाहरुमा नगरको विकासलाई उच्च स्थानमा पुर्याउने क्षमता र जोशजागर भएपनि उनीहरुलाई नगरपालिकाले पूर्ण रुपमा प्रयोग गर्न नसकेको बताए ।
कार्यक्रममा पाल्पा जेसिजका पूूर्व अध्यक्ष बुद्धि प्रसाद शर्माले पाल्पामा जेसिजले युवाहरुको क्षमता विकासमा सधै क्रियाशिल भएर काम गर्दै आएको बताए । कार्यक्रममा प्रमुख प्रशिक्षक कला दाहाल, सहभागी सन्ध्या शाक्यले जेसिजको एक हप्ते कार्यक्रम निकै प्रभावकारी भएको बताए । संस्थाका अध्यक्ष अर्जुन कार्कीको अध्यक्षता , कार्यक्रमका संयोजक विनय खातीको स्वागत, मुल समारोह समितिका संयोजक विवेककाजी शाक्यको सञ्चालनमा समापन कार्यक्रम भएको थियो । कार्यक्रममा नगरका ७ वटै वडा बाट ५ सय भन्दा बढी महिलाहरु सहभागी भएका थिए । कार्यक्रममा प्रशिक्षक कला दाहाल र एञ्जिला खनालले सहजीकरण गरेको जेसिजले जनाएको छ ।








































Comments