पाल्पा जेसीज “हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड”बाट सम्मानित
पाल्पा।युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा क्रियाशील अग्रणी संस्था पाल्पा जेसीज नेपाल जेसीजबाट सम्मानीत भएको छ । शाखाले गरेको उत्कृष्ट गतिविधिलाई मूल्यांकन गर्दै नेपाल जेसीजले “हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी” अवार्डबाट सम्मान गरेको हो । नेपाल जेसीजको आयोजनामा यही फागुन ११ र १२ गते चितवनको सौराहामा आयोजित नेशनल काउन्सिलर एकेडेमी २०२४ को उद्घाटन समारोहमा उक्त अवार्ड प्रदान गरिएको थियो ।
नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोखरेलले पाल्पा जेसीज वर्ष २०२४ का अध्यक्ष अर्जुन कार्कीलाई उक्त अवार्ड प्रदान गर्नुभएको हो । पाल्पा जेसीजलाई नेतृत्व गरेको पहिलो महिनामै नेपाल जेसीजबाट अवार्ड प्राप्त गर्न सफल भएको पाल्पा जेसीजका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । अवार्ड प्राप्त गर्न सहयोग गर्ने शाखाका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सम्पूर्ण पूर्व अध्यक्षहरुप्रति आभार व्यक्त गर्दै अध्यक्ष कार्कीले नेपाल जेसीज परिवारलाइ पनि धन्यवाद व्यक्त गर्नुभएको छ । नेपाल जेसीजका अध्यक्ष पोखरेलले सन् २०२४ मा नेपालभरका जेसीज शाखाहरुलाई व्यवस्थित र एकरुपता प्रदान गर्न हन्डे«ड प्रशेन्ट ईफिसेन्सी प्रोग्रामको टास्क प्रदान गरि उत्कृष्ट हुने शाखाहरुलाई पुरस्कृत गर्ने योजना अनुसार पाल्पा जेसीजले जनवरी महिनाका सम्पूर्ण टास्क तोकिएकै अवधिमा पूरा गरेको थियो ।








































Comments