पाल्पा जिप दुर्घटना; मृतकका परिवारमा सान्त्वना दिन घरमै पुग्यो काँग्रेस
पाल्पा, फागुन १ गते तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा भएको जिप दुर्घटनामा १० जनाको ज्यान गएको घटनाले अझै पनि तिनाउ –६ चिदिस,सिखरडाँडा र रिब्दीकाेटकाे ख्याहा शोकाकुल अवस्थामा रहेकाे छ । मृतकका परिवारलाई सान्त्वना दिन र उनीहरुको अवस्था बुझ्न शुक्रबार र शनिबार नेपाली काँग्रेस पाल्पाको एक टोली उक्त गाउँमा पुगेको छ । मृत्यु भएका आफन्तको सम्झनामा शोकमग्न भएका परिवारलाई सान्त्वना दिन र उनीहरुको अवस्था बुझ्न काँग्रेस नेतासहित जनप्रतिनिधिहरु त्यहाँ पुगेका हुन् ।
शुक्रबार नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, लुम्बिनी प्रदेशका सांसद तथा काँग्रेस पाल्पाका निवर्तमान सभापति वीरबहादुर राना, काँग्रेस लुम्बिनी प्रदेश सदस्य अधिवक्ता महेन्द्र पाण्डे, पार्टी प्रवक्ता शोभाखर न्यौपाने, काँग्रेस पाल्पाका सल्लाहकार जुद्धबहादुर थापा, तिनाउ गाउँपालिकाका उपाध्यक्ष तथा काँग्रेस नेता लालबहादुर थापा, काँग्रेस तिनाउ गाउँपालिकाका सभापति प्रेम पाण्डे, प्रदेश समिति सदस्य दमबहादुर कार्की, काँग्रेस तिनाउ– २ का वडा सभापति निर्मल बस्याल, तिनाउ –६ का वडा अध्यक्ष एवं काँग्रेसका वडा सभापति, टोमबहादुर पुन, तरुण दलका जिल्ला सदस्य शिव पाण्डे,नेपाली काङ्ग्रेस रिब्दीकाेट गाउँपालिकाका सभापति रामचन्द्र पाण्डेय, दलित जनप्रतिनिधि समन्वय समितिका जिल्ला अध्यक्ष दिनेश गन्धर्व लगायतका नेताहरु शोकाकुल परिवारमा पुगे भने शनिबार रिब्दीकाेट वडा न १ ख्याहामा नेपाली काङ्ग्रेस पाटी सभापति हिमाल दत्त श्रेष्ठ,नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि शान्ति झेडी,नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सदस्य डाक्टर माधव थापा लगाएतका नेताहरू सान्त्वना दिनुको साथै अवस्था बारे जानकारी लिएका छन् ।
काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले दुखमा नआत्तिन मृतका परिवारलाई सान्त्वना दिए । उनले मृतकप्रति श्रद्धाञ्जली र परिवाजनमा समवेदन व्यक्त गर्दै दुखको घडीमा धैर्य रहन परिवाजनलाई आग्रह गरेका छन् । सभापति श्रेष्ठले कुनै गाह्रो अफ्ठ्यारो परेमा पाल्पा काँग्रेस साथमा रहेको समेत बताए । सभापति श्रेष्ठले भने ‘काँग्रेस मिसन ८४ मात्र लिएर हिड्ने पार्टी होइन्, गरिब जनताको लागि सधैँ मिसन बनाएर हिड्छ ।’ उनले घरमा दुख र पीडा पर्दा समेत काँग्रेसलाई सम्झिन सबैलाई आग्रह गरे । दुर्घटनास्थलको अवलोकन समेत गरेका सभापति श्रेष्ठ साँघुरो बाटो र गाडीको कन्डिसनका कारण जिप दुर्घटना भएको समेत बताए ।
लुम्बिनी प्रदेशका सांसद तथा पूर्व मन्त्री वीरबहादुर रानाले जिप दुर्घटनामा परी मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै परिवारजनमा नआत्तिन आग्रह गरे । उनले जन्मपछि मृत्यु अवश्यभावी रहे पनि विपद्को घटनाले सिंगो काँग्रेस दुखी भएको बताए । सांसद रानाले मृतकका परिवारका लागि केही आवश्यक परे सहयोगका लागि तीनै तहका सरकारसँग आफुले पहल गर्ने पनि बताए । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । दुर्घटनामा १८ जना घाइते भएका थिए ।








































Comments