पाल्पा जिल्ला तेक्वान्दो संघकाे वार्षिक साधारणसभा सम्पन्न
पाल्पा जिल्ला तेक्वान्दो संघकाे वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला तेक्वान्दो संघ पाल्पाका अध्यक्ष सागर मान महर्जनकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्ला खेलकुद विकास समिति पाल्पाले अब आफ्नै भवन निर्माण गर्ने बताउनुभएको छ । जिल्लामा खेलकुद विकास समिति अन्तर्गत धेरै संघहरू छन । त्यसैले संघले भवन निर्माण गरि सबै संघहरूलाई एउटै भवनमा विभागकाे विभाजन गर्ने गरि भवनकाे डिपि आर बनाएकाे र प्रदेश सरकारमा प्रपाेजल पेश गरेको बताउनुभयो । समितिकाे भवन निर्माणकाे लागि करिब ३ कराेडकाे अनुमान रकमकाे प्रपाेजल पेश गरिएको बताउनुभयो । समितिले संघलाई विगतको समयमा जिल्ला स्तरीय खेल सञ्चालनका लागि करिब २० हजार बराबरको सामाग्री हस्तान्तरण गरेकाे बताउनुभयो । संघले आगामी दिनमा जिल्ला स्तर, प्रदेश स्तरीय प्रतियाेगिता आयाेजना गर्न सुझाव दिदै समितिले सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयाे ।
कार्यक्रमका विशिष्ट अतिथि संघका लुम्बिनी प्रदेश सदस्य लिलाचन विक्रम कार्कीले संघले आगामी दिनमा प्रत्येक बर्ष जिल्ला स्तर,प्रदेश स्तर वा राष्ट्रियस्तरकाे खेल आयाेजना गर्न आवश्यक रहेको बताउनुभयो । यस्का लागि संघ पाल्पाले जिल्लाका १० वटै स्थानीय तहहरूमा सङ्गठन विस्तारलाई तिव्रता दिदै खेलकाे प्रचार र नयाँ खेलाडीहरूकाे उत्पादनमा जाेड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका पाल्पा जिल्ला अध्यक्ष सागर मान महर्जनले संघ पाल्पा जिल्लामा वि स २०५२ सालमा स्थापना भएको बताउनुभयो । वि स २०७६ मा संघकाे पुन गठन भएकाे बताउनुभयो । संघमा अहिले १३ सदस्य समिती रहेको छ । संघले १३ वटा स्कुलमा खेल सञ्चालन गर्दै आएकाे र ६ वटा डाेजाङ्ग सञ्चालन रहेकाे बताउनुभयो । संघले आगामी दिनमा आन्तरिक नीति तथा कार्यविधि निर्माण गर्ने,खेलाडी तथा प्रशिक्षकहरूकाे बिमा गर्ने,हरेक बर्ष जिल्ला स्तरीय र हरेक २ बर्षकाे एक पटक प्रदेश स्तरकाे खेल सञ्चालन बताउनुभयो ।
संघका सचिव श्रीकृष्ण पाेखरेलले कुल १ हजार ३३ हजार २ सय १५ रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुति गर्नु भएको थियाे । साथै प्रदेश कार्यक्रम सहभागी भइ तृतीय स्थान हासिल गर्ने कृष्टिना थापा,द्वितिय स्थान हासिल गर्ने निकेश श्रेष्ठ र द्वितीय स्थान हासिल गर्ने आभाष रानालाई नगद सहित सम्मान गरिएको थियाे ।
संघकाे जिल्ला कार्य समिति अपुर्ण रहेकोमा मनाेनित गरिएकाे छ । जस्काे उपाध्यक्ष आशिष चिदि,काेषाध्यक्षमा लुना श्रेष्ठ, सदस्यहरू माेतिलाल हिस्की,डाेलराज गाैतम,बालकृष्ण गैरे,मान बहादुर शारू,बिष्णु थामी,अमर थापा,खेमराज पाण्डेय र एमुना पल्ली रहनु भएको छ । संघकाे तानसेन नगरपालिकाकाे संयाेजक डाेलराज गाैतम,सह संयाेक प्रवेश कार्की,गाेबिन श्रेष्ठ, रिब्दीकाेट गाउँपालिकाकाे संयाेजकमा गाेपाल जंग रायमाझी,सह संयाेजकमा गणेश बहादुर कुवर,वगनासकाली गाउपालिका संयाेजकमा बालकृष्ण गैरे,सह संयाेजकमा किशाेर गाहा,माेतिलाल हिस्की,माथागढी गाउँपालिका संयाेजकमा मान बहादुर शारू,सहसंयाेजकमा बिनाेद घर्ती मगर,तिनाउ गाउँपालिका संयाेजकमा अमर थापा, सह संयाेजकमा सम्झना गाहा र रैनादेबी छहराकाे संयाेजकमा लेख बहादुर थापा चयन हुनुभएको छ । भने प्रचार प्रसार संयाेजकमा खेम राज पाण्डेय र सहसंयाेजकमा पत्रकार सन्तोष गहतराज चयन हुनुभएको छ ।








































Comments