पाल्पा ग्याँस डिर्लस संघले जनचेतनामूलक कार्यक्रम सम्पन्न
पाल्पा-पाल्पा ग्याँस डिर्लस संघले तानसेनमा एल.पि ग्याँस सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ग्याँस डिलर्स महासंघ काठमाडौकाे संरक्षण,ग्याँस विक्रेता महासंघ लुम्बिनी प्रदेशकाे सह आयाेजना र तानसेन नगरपालिकाकाे प्रायाेजनमा सम्पन्न गरेको हाे ।
कार्यक्रमकाे उद्घाटन जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गर्नु भएको हाे । कार्यक्रममा पाल्पा ग्याँस डिर्लस संघका अध्यक्ष पर्सुराम पाैडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियाे । कार्यपत्र प्रस्तुति गर्दै अध्यक्ष पाैडेलले नेपालमा ग्याँसकाे प्रयाेग वि स २०२६ साल गरिएको बताउनुभयो । पाल्पामा वि स २०४५ सालमा प्रयाेग गरेको इतिहास रहेको बताउनुभयो । पाल्पा जिल्लामा वि स २०७० सालमा संघकाे स्थापना गरिएको बताउनुभयो । संघले पाल्पा जिल्लाका ग्याँस विक्रेताहरूकाे हक हित र अधिकारकाे लागि काम गर्दै आएकाे बताउनुभयो । संघले ग्याँस विक्रेता व्यवसायीहरूकाे जाेखिमलाई मध्ये नजर गरि २ लाख बराबरको बिमा गरिएको बताउनुभयो । काेराेना पश्चात् ग्याँस उत्पादन गर्ने उधाेग तथा विक्रता व्यवसायीहरू बैंक ऋणकाे कारण समस्या रहेको बताउनुभयो । संघले उपभोक्ताहरूले ग्याँस प्रयाेग गर्दा हुने जाेखिमहरूकाे बारेमा जानकारी दिने उधेश्यले १ दिने एल पि ग्यास सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयाेजना गरेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख टंक नाथ खनालले संघले उपभोक्ताहरूलाई सजग र सचेत बनाउने उधेश्यका साथ जनचेतनामूलक कार्यक्रम गरि प्रशासंनिय कार्य गरेको बताउनुभयाे । उपभोक्ताहरूकाे दैनिक जीवनयापनसँग जाेडिएकाे प्रयाेग गर्न सजिलाे भएता पनि ग्याँसकाे जाेखिम पनि उच्च रहेकोले ग्याँसकाे प्रयाेगका बारेमा आम उपभोक्ताहरूले जान्नै पर्ने बताउनुभयो । प्रज्वलन शिल ग्याँसकाे सहि तरिकाले प्रयाेग गर्न नजानेका कारण धेरै मानिसहरू दुर्घटनामा परेका घटनाहरू रहेकाले जाेखिमका बारेमा जानकारी दिने उधेश्यले जनचेतनामूलक कार्यक्रम आयाेजना गरेकोमा सस्थालाई धन्यवाद दिदै आम उपभोक्ताहरूले उच्च सतर्कताका साथ ग्याँसकाे प्रयाेग गर्न सुझाव दिनुभयाे ।
ग्याँस विक्रेता महासंघका उपाध्यक्ष राम प्रसाद न्याैपानेले देशमा रहेका उधाेग व्यवसायहरू धरासय अवस्था रहेको बताउनुभयो । देशमा लगानी गर्दा लगानी अनुसारकाे प्रतिफल पाउन नसक्दा कतिपय उधाेग तथा व्यवसायहरू बन्द भएका छन । भने कतिपय धरासय अवस्थामा रहेको बताउनुभयो । ग्याँसमा प्रयाेग हुने पाईप,रेगुलेटर जस्ता सामाग्रीहरूकाे चेकजाँच नगरि कम गुणस्तर भएका सामाग्री प्रयाेगले दुर्घटना निम्ताउने हुदा यस्ता सामाग्री विक्री वितरण भइरहेको तर राज्यकाे गुणस्तरकाे चेकजाँच गर्ने निकाय बेखर रहेको बताउनुभयो । यस बिषयमा राज्य पक्ष संवेदनशिल भइ लाग्नुपर्ने बताउनुभयो । गाउँपालिका,नगरपालिका,जिल्ला स्तरका ग्याँस डिलर्स संघलाई बलियाे बनाउन सबै ग्याँस उत्पादन कम्पनीहरू,व्यवसायीहरू एकजुट भइ अक्षयकोषकाे बनाउने तर्फबाट ध्यान दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाकाे तर्फबाट तानसेन वडा न ६ का वडा सागर मान महर्जनले ग्याँस प्रयाेगका सम्बन्धमा फाइदासँगै बेफाइदाहरू पनि उत्तिकै रहेकाले जनचेतनामूलक कार्यक्रमले उपभोक्ता सजग बनाउन महाेत्पुर्ण भुमिका खेल्ने बताउनुभयो । संघले आगामी दिनमा यस्तै किसिमका सकारात्मक र रचनात्मक कृयाकलापहरू सञ्चालन गर्न सुझाव दिदै नगरकाे तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष बामदेब बस्यालले ग्याँस डिलर्स संघसँग व्यापार संघले यस्ता कार्यक्रमहरूलाई अन्य पालिकाहरूमा समेत समन्वय र सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताउनुभयाे । सम्पूर्ण ग्यास डिलर्स संघकाे तर्फबाट स्वस्तिक ग्याँसका प्रबन्धक गणेश अधिकारीले उपभोक्ताहरूलाई सचेत बनाउनका लागि डेमाे सहित जनचेतनामूलक कार्यक्रम आयाेजना गरिएको बताउनुभयो । ग्याँस उत्पादन गर्ने कम्पनीहरूले नेपाल सरकारले ताेकेकाे मापदण्डअनुसार ग्याँसका सिलिन्डर चेकजाँच गरेर पठाउने गरेको बताउनुभयो । ग्याँस उत्पादक कम्पनीहरूमा लगानी गर्ने व्यवसायीहरूलाई नेपाल सरकारले उचित वातावरण नबनाउदा कम्पनीहरू धरासायी अवस्थामा पुगेको गुनासाे राख्नुभयो ।
कार्यक्रममा ग्याँसको प्रयोग गर्ने तरिका ,पाइप रेगुलेटर कस्तो प्रयोग र कसरी गर्ने ,आगलागी भै हालेमा के कस्तो उपाय अपनाउने र आगो कसरी निभाउने जस्ता महत्त्वपुर्ण बिषयमा उपभोक्ताहरूलाई जानकारी दिएकाे थियाे । ३५० जना भन्दा धेरै उपभोक्ताहरुले प्रत्यक्ष रूपमा प्रयोगात्मक सिकाइमा भाग लिएर लाभ लिएका थिए । कार्यक्रमा पाल्पा स्थित शसस्त्र प्रहरी बल ,काठमाडौबाट आएका त्रेनरद्वारा कार्यक्रममा प्रत्यक्ष प्रयोगात्मक कार्य भएको थियो । कार्यक्रममा उपभोक्ता हित संरक्षण मन्चकाे तर्फबाट माधव नेपाल,जिल्ला प्रशासन,जिल्ला प्रहरी ,दि फेमस महेन्द्र गण ,तानसेन नगरपालिकाका वडा अध्यक्षहरु, विभिन्न संघ सस्था लगाएतको उपस्तिथिमा भएको कार्यक्रमकाे स्वागत मन्तव्य पाल्पा जिल्ला संघका उपाध्यक्ष मन्जु रेग्मीकाे स्वागत र सचिव अजय बहादुर श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments