पाल्पा ग्याँस डिलर्स संघले प्रकाशन गरेको वि.सं. २०८१ सालको भित्ते पात्रो विमोचन
पाल्पा- पाल्पाका ग्याँस विक्रताहरूकाे छाता संगठन ग्याँस डिलर्स संघ जिल्ला कार्य समिति पाल्पाले प्रकाशन गरेको वि.सं. २०८१ सालको भित्ते पात्रो विमोचन गरिएको छ । पात्राे
पाल्पा ग्याँस डिलर्स संघका अध्यक्ष पर्शुराम पाैडेल,उपाध्यक्ष मन्जु रेग्मी,सचिव अजय बहादुर श्रेष्ठ,काेषाध्यक्ष उमेश राज शाक्य,सहसचिव बिष्णु जि.सीले लगाएतले संयुक्त रूपमा विमाेचन गरेका हुन ।
पात्राे विमाेचन कार्यक्रमलाई सम्बाेधन गर्दै पाल्पा ग्याँस डिलर्स संघका अध्यक्ष पर्शुराम पाैडेलले नयाँ बर्षले नयाँ उत्साह सहित सबैकाे जीवनमा नयाँ जाेस र जागर सहित रचनात्मक काम गर्न सकियोस् भनी शुभकामना व्यक्त गरे । संघ पाल्पा जिल्लामा वि स २०६९ सालमा स्थापना भएको बताए । संघले स्थापना देखि पाल्पाका ग्यास व्यवसायीहरूकाे हक हित र अधिकारका लागि एकताबद्व भइ अगाडि बढेको बताए । अध्यक्ष पाैडेलले पछिल्लो समयमा आरती ग्याँस नवलपरासी र राजधानी ग्याँस नवलपुरले पाल्पाका ग्याँस विक्रेताहरूलाई दिनुपर्ने अतिरिक्त कमिसन रकम नदिएकाे बताएका छन । साेही कारण हाल पाल्पाका आरती ग्याँस र राजधानी ग्याँस आयात नभएको बताए । उधाेगले व्यवसायीहरूलाई असार पछिकाे अतिरिक्त कमिसन रकम नदिएकाे र हाल उक्त ग्याँस नउठाएकाे बताए । उधाेगले ग्याँस विक्रेताहरूकाे माग पुरा गर्न १ हप्ताकाे समय दिएकाे थियाे । आज समय सकिएको छ । माग पूरा नभए ग्याँस सिलिन्डर फिर्ता गरि डिलरकाे सिलिन्डरकाे धराैती फिर्ता माग्ने र आरती ग्याँस नवलपरासी,राजधानी ग्याँस नवलपुरकाे आयात पाल्पामा नगर्ने बताए ।
संघले नयाँ बर्ष २०८१ काे अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको छ । कार्यक्रममा उपाध्यक्ष मन्जु रेग्मी,सचिव अजय बहादुर श्रेष्ठ,काेषाध्यक्ष उमेश राज शाक्य,सहसचिव बिष्णु जि सी,सदस्यहरू राजेश श्रेष्ठ,राम बहादुर श्रेष्ठ,जाल बहादुर खाती,राजेन्द्र अग्रहरी र डम्बर बहादुर मगरकाे उपस्थिति रहेको थियाे । कार्यक्रम पाल्पा ग्याँस डिलर्स संघका सचिव अजय बहादुर श्रेष्ठकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।








































Comments