पाल्पा ग्यास डिलर्स संघकाे ११ औं बार्षिक साधारण सभा सम्पन्न
पाल्पा ग्यास डिलर्स संघले ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेकाे छ । सभाका प्रमुख अतिथि पाल्पा ग्यास डिलर्स संघका संस्थापक अध्यक्ष राजेन्द्र बहादुर बज्राचार्यले कार्यक्रमकाे उद्घाटन गर्नुभएको हाे । कार्यक्रममा सस्थापक अध्यक्ष बज्राचार्यले व्यवसायीहरूले ग्याँस डिलर संघबाट प्रमाणिकरण गरेर मात्र ब्यबसाय गर्न सुझाब दिनुभयो । नेपाल आयल निगम,ग्याँस बिक्रेता महासंघ ,ग्यास उधाेग र स्थानिय निकायकाे प्रमाणिकरणबाट ग्याँसकाे विक्री बितरण काराेबार सुब्यबस्थित गर्न पाल्पा ग्याँस डिलर्स संघले खेलेको भुमिका प्रशंसानीय रहेको बताउनुभयो । ग्यासकाे विक्री बितरणकाे जथाभावी मनाेपलि राेक्ने गरि पाल्पामा अब चाडै नै ग्यास डिलर प्रमाणिकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे ।
कार्यक्रममा संस्थाका सचिब अजय बहादुर श्रेष्ठले आर्थिक बर्ष २०८०/८१ काे कुल ९ लाख ४८ हजार ७ सय रूपैयाँ बराबरकाे आयव्यायकाे बिवरण प्रस्तुत गर्नुभएको थियाे । कार्यक्रममा पाल्पा ग्यास डिलर्स संघ अध्यक्ष फर्सुराम पाैडेलले संघले पाल्पामा ग्यास बजार अनुगमन गर्दा नियम बिपरित ग्यास विक्रि वितरण गर्ने विक्रेताहरू भेटिएकाले जानकारी सहित ग्यास बजार अनुगमनकाे प्रतिबेदन जिल्ला प्रशासनमा बुझाएकाे बताउनुभयाे । संस्थाका बरिस्ठ सल्लाहाकार कमल ढकालले जिल्लाका ग्यास व्यवसायीहरू सबै डिलर्स संघमा आबद्व हुन अनुराेध गर्नु भएको छ । नेपाल आयल निगम र डिलर्स संघकाे नियममा रहि काराेबार गर्न सुझाउदै उपभाेक्ताले पनि आधिकारिक तथा प्रमाणित ग्यास डिलरबाट मात्र ग्यासकाे काराेबार गर्न आग्रह गर्नुभएको छ ।
आधिकारिक तथा प्रमाणित ग्यास डिलरबाट काराेबार गर्दा हुन सक्ने दुर्घटनाकाे क्षतिमा सहयाेग र राहत जस्ता बिषय उठानमा केही सहज हुने बताउनुभयाे । तानसेनकाे श्रीनगर भएकाे कार्यक्रममा ४६ जना ग्यास व्यवसायीहरूकाे सहभागिता रहेकाे थियाे । संस्थाकी उपाध्यक्ष मन्जु रेग्मिकाे स्वागत,सचिब अजयबहादुर श्रेष्ठकाे सञ्चालन र संस्थाका अध्यक्ष फर्सुराम पाैडेलकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियाे । साथै २०८१ मा सबै भन्दा धेरै ग्यास बिक्री गर्ने पौड्याल सप्लायर्सका संचालक पर्शुराम पौड्याललाई सम्मान सहित मायाको चिनो प्रदान गरिएको थियो ।








































Comments