पोखरा–तानसेन पर्यटन प्रवर्द्धनका लागि होटेल संघहरूबीच समन्वय कार्यक्रम सम्पन्न

पाल्पा — तानसेन र पोखराको पर्यटन विकासमा सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यले पाल्पा होटेल संघ नेपाल तथा तानसेन नगरपालिका TACT को आयोजनामा “होटेल संघ पोखरा सँग छलफल तथा समन्वय कार्यक्रम” तानसेनमा सम्पन्न भएको छ । 

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवम् तानसेन नगरपालिका TACT का संयोजक सागरमान महर्जनले पोखरा र तानसेनलाई पर्यटकका लागि संयुक्त गन्तव्य बनाउँदै समन्वयात्मक ढंगले पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले हाल दैनिक रूपमा पाल्पा हुँदै पोखरा ओहोरदोहोर गर्ने ठूलो सङ्ख्याका भारतीय पर्यटकहरूलाई ध्यानमा राख्दै दुवै सहरलाई एकीकृत पर्यटकीय सर्किटको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

 

होटेल संघ पोखराका अध्यक्ष लक्षण सुवेदीले देशका विभिन्न जिल्ला तथा भारतमा समेत “जाउ, हिँड पोखरा” अभियान सञ्चालन गरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने प्रयास भइरहेको जानकारी गराउनुभयो । उहाँले भविष्यमा पाल्पा–पोखरा बीच आपसी सहकार्य गरी दुवै गन्तव्यको पर्यटन विकासमा टेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

 

कार्यक्रममा पाल्पा होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लक्ष्मण बस्यालले तानसेन ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि उचित प्रचार–प्रसारको अभावले पर्यटक आगमनमा कमी आएको उल्लेख गर्नुभयेा । उहाँले पोखरा होटेल संघ सँगको समन्वय कार्यक्रमले पर्यटन विकासमा नयाँ सम्भावनाहरू खोल्ने विश्वास व्यक्त गर्नुभयो । 

 

कार्यक्रमको अन्त्यतर्फ पोखरा होटेल संघका पदाधिकारीहरूलाई पाल्पाली परम्पराअनुसार भैरवनाथ मन्दिरको टिका, माला र ढाकाले स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्र पाल्पा हेाटल संघका अध्यक्ष एवम होटल श्रीनगरका सञ्चालक जयन्त भुषालको सञ्चालनमा सम्पन्न भएको हो । यस समन्वय बैठकले दुई महत्वपूर्ण पर्यटकीय गन्तव्यबीच सहकार्यको नयाँ ढोका खोलेको आयोजकहरूले बताएका छन् । 

Comments