पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेच्ने भएको छ।

हबिबले हिमालयनमा रहेको आफ्नो १२.९३ प्रतिशत बेच्ने तयारी गरेको हो।

हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्ने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पुष्टि गरेका छन्।

‘यो आजदेखिको तयारी होइन। यसपटक फेरि पनि राष्ट्र बैंकसमक्ष हबिबले सेयर बिक्रीका लागि आवेदन दिएको छ,’ राणाले भने।

गत शुक्रबार हबिब र हिमालयन रि-इन्स्योरेन्सबीच सेयर खरिद-बिक्रीको सम्झौता भएको हो। बैंकको सेयर प्रतिकित्ता १ सय ३० रूपैयाँको दरमा बिक्री हुन लागेको बुझिएको छ। पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो सेयर बेच्ने भएको छ।

हबिबले हिमालयनमा रहेको आफ्नो १२.९३ प्रतिशत बेच्ने तयारी गरेको हो।

हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको सेयर हिमालयन रि-इन्स्योरेन्सलाई बिक्री गर्ने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पुष्टि गरेका छन्।

‘यो आजदेखिको तयारी होइन। यसपटक फेरि पनि राष्ट्र बैंकसमक्ष हबिबले सेयर बिक्रीका लागि आवेदन दिएको छ,’ राणाले भने।

गत शुक्रबार हबिब र हिमालयन रि-इन्स्योरेन्सबीच सेयर खरिद-बिक्रीको सम्झौता भएको हो। बैंकको सेयर प्रतिकित्ता १ सय ३० रूपैयाँको दरमा बिक्री हुन लागेको बुझिएको छ। 

Comments