पहिलो पाइला नेपाल तानसेन शाखाले ६५ जना विद्यार्थीलाई न्यानाे कपडा वितरण

पाल्पा- पहिलो पाइला नेपाल तानसेन शाखाले जिल्लाकाे तिनाउ गाउँपालिका वडा न १ स्थित जन प्राथमिक विद्यालयका ६५ जना विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरेको छ । जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था पहिलाे पाइला नेपाल तानसेन शाखाले स्विटर,टाेपी लगाएतका सामाग्री वितरण गरेको हाे । कार्यक्रम पहिलो पाइला नेपाल तानसेन शाखाका अध्यक्ष दिनेश बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे । 



कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले सस्थाले सामाजिक उत्तरदायित्वकाे भावना अनुरूप विद्यालयका विद्यार्थीहरूलाई न्यानाे कपडा वितरण गरि प्रसंशानीय कार्य गरेको बताउनुभयो । आगामी दिनमा सस्थासँग तिनाउ गाउँ सरकारले सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो । 

 

कार्यक्रममा बिशिष्ट अतिथि तिनाउ बडा न १ अध्यक्ष भुवनसिंह चिदि,केन्द्रीय सचिव पारस मरासिनी,

केन्द्रीय कार्यसमिति सदस्य तथा पहिलो पाइला नेपाल तानसेन पाल्पा शाखा निवर्तमान अध्यक्ष किष्ण बहादुर राउतले सस्थाले विगतकाे समय देखि यस्ता सामाजिक कार्य गर्दै आएकाे बताउदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने कुरामा जाेड दिनुभयाे ।

 

कार्यक्रम सस्थाका उपाध्यक्ष अमर सुनारिकाे स्वागत, 

सचिवालय सदस्य सुमन पोखरेल र  सचिव गणेश खत्रीकाे सञ्चालनमा सम्पन्न भएको थियाे । सस्थाका अध्यक्ष थापाले सस्थाले दुर्गम भेगमा पुगी सामाजिक,आर्थिक रूपले पछाडि परेका व्यक्ति समुदाय र संघ सस्थालाई प्राथमिकतामा राखि सामाजिक कार्य गर्दै आएकाे बताउनुभयो ।

Comments