पहिलो पाइला नेपाल तानसेन शाखाले ९० जना विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण

पाल्पा- जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेको सस्था  पहिलो पाईला नेपाल तानसेन पाल्पा शाखाको आयोजनामा विद्यार्थीहरूलाई भाग्य बाेक्ने झाेला वितरण गरिएको छ । विद्यालयमा अध्ययन गरि जानु भएका पुर्व बिद्यार्थीहरूको समन्वयमा  रैनादेवी छहरा गा.पा. -३ भुवनपोखरी पेलाबास पाल्पा स्थित जनजागृति आधारभुत विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरूका लागि भाग्य बोक्ने झोला अभियान अन्तर्गत भाग्य बोक्ने झोला सहित स्टेशनरी सामाग्री वितरण गरिएको हाे । 

 

कार्यक्रम पहिलाे पाइला नेपाल तानसेन शाखाका अध्यक्ष अमर बहादुर सुनारी मगरको अध्यक्षता र रैनादेवी छहरा गाउँपालिकाका उपाध्यक्ष युबराज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । कार्यक्रमका प्रमुख अतिथि थापाले सस्थाले विद्यार्थीहरूलाई झाेला वितरण गरि प्रशंसानीय कार्य गरेको बताउनुभयो । सामाजिक कार्यमा सकृय रहेको सस्थाले सामाजिक उत्तरदायित्वकाे भावना अनुरूप दुरदराज पुगी सामाजिक कार्य गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सस्थासँग समन्वय र सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो । कार्यक्रमले विद्यार्थीहरूको शिक्षामा थप प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयाे । यो झोला केवल भौतिक सामग्री मात्र होइन, यो झाेलाले सपना पूरा गर्नका लागि प्रेरणाको प्रतीक रहेको बताउनुभयो । शिक्षा नै भविष्यको उज्यालो पथ हो भन्ने कुरामा कुनै शंका छैन। विद्यार्थीहरूको सक्षमता र भविष्य निर्माणमा यस्ता स-साना प्रयासले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

 

कार्यक्रमका विशिष्ट अतिथि रैनादेबी छहरा वडा नं.-३ का वडा अध्यक्ष प्रदिप पौडेल, पहिलो पाईला नेपाल केन्द्रीय सचिव कृष्ण ब.राउतले सामाजिक उत्तरदायित्व अनुरूप सस्थाले विद्यार्थीहरूलाई झाेला वितरण गरि शैक्षिक ज्ञान आर्जनमा थप इटा थप्ने कार्य गरेको बताउनुभयो । कार्यक्रम शाखाका निवर्तमान अध्यक्ष दिनेश ब. थापाको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रम पहिलो पाइला नेपाल तानसेन शाखाका उपाध्यक्ष गाेपाल हिताङकाे स्वागत मन्तव्य र सचिव सुमन पाेखरेलकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

Comments