पहिलो पाइला नेपाल तानसेन शाखाको अध्यक्षमा बबिता थापा
पाल्पा — पहिलो पाइला नेपाल तानसेन शाखाको हालै सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। सर्वसम्मत निर्णयका साथ सम्पन्न अधिवेशनले बबिता थापालाई शाखाको अध्यक्ष पदमा चयन गरेको हो ।
त्यसैगरी, उपाध्यक्षमा गोपाल हिताङ्ग, सचिवमा सुमन पोखरेल, कोषाध्यक्षमा श्रीधर कुँवर चयन हुनुभएको छ भने सदस्यहरूमा गणेश खत्री, विनोद पौडेल, सम्झना कार्की, सिर्जना पाण्डे र विष्णु बहादुर खाम्चा चयन हुनुभएको छ। सबै पदाधिकारीहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै जिम्मेवारी प्रदान गरिएको हो । नवगठित कार्यसमितिबाट संस्था आगामी दिनहरूमा समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा अझ सक्रिय हुने अपेक्षा गरिएको छ। पहिलो पाइला नेपालका केन्द्रीय उपाध्यक्ष अविरल कुँवरले संस्थाले विगतमा गरिरहेको सामाजिक कार्यलाई अझ विस्तार गर्दै लैजाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्षमा चयन हुनुभएकी बबिता थापाले आभार व्यक्त गर्दै भनिन्, “सहकार्य, समर्पण र पारदर्शी नेतृत्वमार्फत संस्था र समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने हाम्रो प्रमुख उद्देश्य हुनेछ। पहिलो पाइला नेपाल तानसेन शाखाले दुरदराजका विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई न्यानो कपडा, ‘भाग्य बोक्ने झोला’ तथा शैक्षिक सामग्रीहरू वितरण गर्दै आएको छ। आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा पुर्याउने हाम्रो प्रयास हुनेछ । स्थानीय स्तरमा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको पहिलो पाइला नेपालले शिक्षाक्षेत्र, बालअधिकार, महिला सशक्तीकरण, तथा विपन्न समुदायका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। नवगठित नेतृत्वले ती गतिविधिलाई थप ऊर्जा र दिगोपनसहित अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।








































Comments