पाँचौ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता रिब्दीकाेट गाउँपालिकाकाे नयाँटाेलामा सुरू

पाल्पा- जिल्लाकाे रिब्दीकाेट गाउँपालिकामा पाँचौ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता वडा न ५ काे नयाँटाेलामा आइतबार देखि शुरू भएको छ । रिब्दीकाेट गाउँपालिका खस्याैली पाल्पाको आयाेजनामा "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नाराका साथ प्रतियाेगिता शुरू भएको हाे । प्रतियाेगिता ७ गते देखि ९ गते सम्म चल्ने छ । कार्यक्रम रिब्दीकाेट गाउँपालिका युवा तथा खेलकुद विकास समितिका संयाेजक दिपक पचभाैयाकाे अध्यक्षतामा शुरू भएको हाे ।

 

प्रतियाेगिताकाे शुभारम्भ लुम्बिनी प्रदेशका सभामुख माननीय तुलाराम घर्ती (बसन्त)ले उद्घाटन गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका घर्ती बसन्तले खेलले खेलाडिहरूलाई अनुशासित बनाउन,शारीरिक,बाैद्विक विकास सँगै चाैतर्फी विकास गर्न सहयोग पुर्याउने बताउनुभयो ।

 

राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियाेगिता राष्ट्रकाे अभिभावक रूपमा रहनु भएका राष्ट्रपतिकाे सम्मान स्वरूप ऐनमै व्यवस्था गरि समग्र खेल जगत र खेलाडीहरूकाे विकासका लागि राष्ट्रले प्राथमिकतामा राखी अगाडि बढाएको बताउनुभयो । यस्ले प्रत्येक बर्ष स्थानीय स्तरमा रहेका खेलाडीहरूकाे पहिचान हुने र राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीकाे उत्पादन टेवा पुग्ने बताउनुभयो ।

 

फरक सन्दर्भमा सभामुख बसन्तले रिब्दीकाेट गाउँपालिकामा प्राकृतिक स्त्राेत साधन कमि रहेको पालिका रहेकाे बताउनुभयो । गाउँपालिकाकाे समग्र विकास  कृषि,पशुपालनबाट नै सम्भव रहेकाले पालिकाले कृषिलाई मध्ये नजर गरि आफ्ना गतिविधिलाई अगाडि बढाएकाे प्रशंसा गर्नुभयाे । गाउँपालिकाले याे बर्ष वडा न ७ मा सुन्तला महाेत्सव गरि उदाहरणीय कार्य गरेको बताउदै आगामी बर्ष रिब्दीकाेट र रैनादेबी छहरालाई समेटी सुन्तला महाेत्सव गरिने बताउनुभयो । यस्का लागि प्रदेश सरकारले सहयोग र  सहकार्य गर्न तयार रहेको बताउनुभयो ।



कार्यक्रमका विशिष्ट अतिथि रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाबाट राष्ट्रिय, अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा गाउँपालिकाले शिक्षा र खेलकुदलाई केन्द्रित गरि बजेटकाे सुनिश्चितता गर्ने बताउनुभयो । उहाँले विद्यालयहरुलाई खेलाडी उत्पादनमा पालिकाले पर्याप्त सहयोग गर्ने बताउँदै त्यसका लागि विधागत रुपमा खेल क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन आग्रह गर्नुभयो । शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले गाउँपालिका खेलकुदको विकासमा लागिरहेको बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा गाउँपालिकाले पर्याप्त चासो र लगानी गरेको बताउनुभयो ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य डाक्टर माधव थापा,नेकपा एमाले रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद खनाल,वडा न ५ का वडा अध्यक्ष मन बहादुर अस्लामी,रिब्दीकाेट गाउँपालिका खेलकुद विकास समितिका सदस्य गाेमा मगर,सम्पूर्ण विद्यालयहरूकाे तर्फबाट आर्दश मावि देउरालीका प्रअ  निर्मल प्रसाद खनाल लगाएतले मन्तव्य राख्नु भएको थियाे । 

 

कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले राष्ट्रपति रनिङ्ग सिल्डका लागि पालिकाका १४ वटा माध्यमिक विद्यालयहरूकाे सहभागीमा २९ विधामा खेल खेलाइने बताउनुभयो । ३ दिन सम्म चल्ने प्रतियाेगितामा पालिकाका ८ वटै वडाका विद्यालयहरूकाे सहभागीता रहेकाे बताउनुभयो । प्रतियोगितामा कबड्डी, पुरूष भलिबल,महिला भलिबल ,रिले दाैड प्रतियाेगिता सञ्चालन गरिने बताउनुभयो । 

 

कार्यक्रममा वडा न १ का वडा अध्यक्ष चिरञ्जीवी पाेखरेल,वडा न २ का वडा अध्यक्ष ओम प्रकाश पाेखरेल,वडा न ३ का वडा अध्यक्ष नारायण केसी,वडा न ४ का वडा अध्यक्ष साेम कुमार कार्की,वडा न ७ का वडा अध्यक्ष दान बहादुर कुवर,वडा न ८ का वडा अध्यक्ष चुरा बहादुर छहरी लगाएतकाे उपस्थिति रहेको थियाे ।

Comments