२५६८ औ वुद्धजयन्तीको अवसरमा तानसेनमा पत्रकार सम्मलेन

सन्तोष गहतराज 

पाल्पा ३१ बैशाख 

बुद्ध जयन्ती मुल समारोह समिती तानसेन पाल्पाले २५६८ औ वुद्धजयन्ती विविध कार्याक्रम गरेर मनाउने भएको छ । वुद्ध जयन्ती मुल समारोह समितीले तानसेनमा पत्रकार सम्मेलन गरी जेठ ५ गते देखी १२ गते सम्मका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।  जेठ ५ गते देखी १२ गते सम्मका विविध कार्यक्रमहरु पत्रकार माझ सार्वजनिक गरेका छन ।  पहिलो दिन जेठ ५ गते  बौद्ध महास्थविर बाट बौद्ध झण्डोत्तोलन गर्ने र सबैको सहभागिता प्रचार प्रसारको लागी नगर क्षेत्रमा शान्ती पदयात्रा गर्ने कार्यक्रम रहेको मुल समारोह समितीका अध्यक्ष बज्राचार्यले जानकारी दिए । सोही दिन विरेन्द्र पार्क तानसेन टुडिखेलमा रक्तदान कार्यक्रम, पारिलेक वन श्रीनगरमा सरसफाई, ध्यान शिविर र दिप प्रज्वलन गर्ने, श्रीनगर डवली बतासेमा बुद्ध मुर्ति अनावरण गर्ने र पाल्पा अस्पतालका विरामीहरु लाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको छ । 

 

जेठ ६ गते महावोधी विहार लहरे पिपलमा विपश्यना ध्यान अभ्यास, बौद्धटोल बौघागुम्वामा बुद्ध पुजा तथा धार्मिक कार्यक्रम संचालन हुने छ । जेठ ७ गते  धर्मचक्र महाविहार तानसेनमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम र बुद्ध संग सम्वन्धित रहेर मा.वी. स्तरीय वक्तृत्वकला प्रतियोगिता, मिशन अस्पतालका विरामीहरु लाई फलफूल वितरण, गर्ने कार्यक्रम बनाएको  छ । जेठ ८ गते १७ औ भिक्षु विमलानन्द स्मृती दिवश महावोधी विहार लहरेपिपल, पारिलेक वन श्रीनगरमा सरसफाई तथा दिप प्रज्वलन, महाचैत्यविहार टक्सारमा अन्तरमावी  नगर स्तरीय चित्रकला प्रतियोगिता, चिरतुङ्गधारा सन्तोक बौद्धगुम्वामा बौद्ध झण्डोत्तोलन, लक्ष्मी मावी तानसेमा शैक्षिक सामाग्री वितरण, आनन्द विहारमा बौद्ध सम्वन्धी साहित्य कार्यक्रम रहेका छन ।

 

जेठ ९ गते बुद्धविहार होलाङ्दीमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना कार्यक्रम, महावोधी विहार लहरे पिपलमा शान्ती दिपयात्रा, सन्तोक बौद्धगुम्वा चिरतुङ्गधारामा शान्ती दिपयात्रा, महाचैत्यविहार टक्सारमा ५१ औ अन्तरमावी हाजीरी जवाफ कार्यक्रम कार्यक्रम रहेको छ । 

जेठ १० गते  बौद्ध पूणिमाको दिन विहान प्रभातफेरी, जिल्लामा रहेको सबै  बौद्धविहारहरुमा ज्ञानमाला भजन, शील प्रार्थना, बुद्ध पुजा र धर्मदेशना, प्रसाद भोजन कार्यक्रम, १० बर्ष सम्मका वालवालिकाहरु लाई कल्पबृक्ष दान, भगवान बुद्धको रथयात्रा तथा नगर परिक्रमा कार्यक्रम, वेलुका विहार तथा घर घरमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।  जेठ १२ गते दमकडा मावीका दृष्टिविहिन विधार्थीहरु लाई भोजन दान कार्यक्रम गरेर वुद्धजयन्तीका विविध कार्यक्रम समापन गर्ने मुल समारोह समितीले जनाएको छ ।

 

कार्यक्रममा मुल समारोह समतिका अध्यक्ष उत्पल कुमार बज्रार्चाको अध्यक्षता, निवर्तमान अध्यक्ष विरेन्द्रकाजी शाक्यको स्वागत, उपाध्यक्ष मनिन्द्र बज्राचार्यको धन्यवादज्ञापन र सचिव ज्ञानेन्द्रकाजी शाक्यको संचालनमा भएको थियो ।

Comments