रूरू क्षेत्रमा ऋषिकेशव रथयात्रा

पाल्पा

पाल्पा ,गुल्मी र स्याङ्गजाको संगम स्थल रुरुक्षेत्रमा ऋषिकेशव रथयात्रा अाइतबार  निकालिएको छ ।

पाल्पाको तानसेन नगरपालिका, १४ अर्गली रुरु क्षेत्रस्थित ऋषिकेशव मन्दिरमा कात्तिकको द्वावदशीमा झण्डै ५ सय वर्षदेखि ऋषिकेशको रथयात्रा निकालिँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परसुराम भटराईले जानकारी दिनुभयो  । रथयात्रा मन्दिरबाट सुरु भएर गुल्मीको रिडीका साथै पाल्पाको अर्गली बजारसम्म निकालिएको छ ।

 

रथयात्रामा सयौंको संख्यामा स्थानीयका साथै छिमेकी जिल्लाबाट सहभागिता जनाएका थिए । रुरु क्षेत्र रिडी पुग्ने श्रद्धालु कालीगण्डकीमा स्नान गरेर भक्तजनहरू ऋषिकेशव मन्दिर दर्शन गर्ने गर्छन् । लुम्बिनि प्रदेशका सांसद बिर बहादुर राना, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, पाल्पाका सहायक प्रमुख जिल्ला  अधिकारी,पाल्पाका राजनितिक दलका प्रमुखहरू लगायतको उपस्थिति रथयात्रामा रहेको थियो । सोह्रौ शताव्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मुर्ति फेला परेको र सोही मुर्तिलाई प्रतिष्थापन गरेको भन्ने किवंदन्ती रहेको छ ।

 

कालीगण्डकी नुहाउन र ऋषिकेश, गायत्रीमाता लगायत विभिन्न देवालयहरूको दर्शन गर्न भक्तजनहरू आउने हुन् । ऋषिकेशव मन्दिर र यस क्षेत्रलाई रूरू कन्याको जन्मस्थल भनिन्छ । मणिमुकुन्द सेनवाट ऋषिकेशवको मूर्ति प्राप्त गरी स्थापना गरेको प्रसिद्ध ऋषिकेशव मन्दिरले धार्मिक पर्यटकको लागि आर्कषक केन्द्र बनेको छ । रुरु कन्याको जन्मस्थल समेत भएको विभिन्न शास्त्रमा उल्लेख गरिएको तानसेन वडा न १४ स्थानीय कमला बास्ताेलाले जानकारी दिनुभयो ।

 

Comments