न्यु युथ युनियन क्लब तानसेन पाल्पाको आयोजनामा फुटबल प्रतियोगिता हुने !
पाल्पा- "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद "भन्ने नाराका साथ तेस्रो न्यू युथ युनियन कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिता न्यू युथ युनियन क्लब तानसेन पाल्पाको आयोजनामा हुने भएको हो । प्रतियोगिताको बारेमा एक पत्रकार भेटघाट कार्यक्रम मार्फत क्लबका खेल संयोजक रितेश मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले प्रथम पुरस्कार रु.१ लाख ११ हजार १ सय ११ रूपैयाँ,सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। भने द्वितीयले ५५ हजार ५ सय ५५ सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
खेलमा उत्कृष्ट खेलाडीले रुपैयाँ ५ हजार,उत्कृष्ट गोल रक्षकले रुपैयाँ २ हजार ५ सय, उदयमान खेलाडीले २ हजार ५ सय , सर्वाधिक गोलकर्ताले २ हजार ५ सय,उत्कृष्ट रक्षकले २ हजार ५ सय र म्यान अफ दि म्याच हुनेले १ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । खेल जेठ ६ गतेदेखि हुनेछ भने प्रतियोगितामा दर्ता शुल्क रुपैयाँ ८ हजार लाग्ने क्लबका अध्यक्ष टेम बहादुर कुमालले बताउनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष कुमालले खेलकुद समाजको समृद्धि र एकता निर्माण गर्ने प्रमुख माध्यम रहेको बताउनुभयो । यस्ता प्रतियोगिताहरूले युवाहरूमा अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्नुका साथै, प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने एउटा उत्कृष्ट अवसर प्रदान गर्ने बताउनुभयो । प्रतियोगिता खेलाडीहरूको प्रदर्शनमात्र नभई जिल्लाको खेलकुद क्षेत्रमा योगदान पुर्याउने एउटा कोशेढुंगा हुनेछ भन्ने विश्वास रहेको बताउनुभयो ।








































Comments