नयाँ वर्षमा गुफाचौरमा पहिलोपटक तेल्घा खाना तथा पर्यटन महोत्सव हुदै !!
(नयाँ वर्ष २०८२ लाई विशेष बनाउँदै, स्थानिय उत्पादन, संस्कृति र पर्यटन प्रवर्द्धनमा केन्द्रित महोत्सवको सम्पूर्ण तयारी तिव्र)
पाल्पा – नयाँ वर्ष २०८२ काे स्वागत गर्दै पाल्पा जिल्लाको तानसेन नगरपालिका–१०, तेल्घा गुफाचौरमा पहिलो पटक “तेल्घा गुफाचौर खाना महोत्सव तथा पर्यटन महोत्सव–२०८२” आयोजना हुन हुने भएको छ । महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ । नयाँ वर्षको अवसर पारेर स्थानिय स्तरमा पहिलो पटक यति ठूलो कार्यक्रम हुन लाग्दा यहाँका स्थानीय बासिन्दा, युवा, पर्यटन व्यवसायी र सम्पूर्ण पाल्पालीहरूमा उत्साह थपिएको छ ।
महोत्सवमा पाल्पा क्षेत्रका लोपन्मुख परिकारहरू, जातीय खानाका स्वाद, परम्परागत परिकार, स्थानीय अर्गानिक उत्पादनहरू लगायत विविध खानाका स्टलहरू रहने छन् । स्थानिय महिलाहरू, गृहिणी समूह, कृषि समूह, सहकारी संस्था र युवा क्लबहरूकाे सक्रिय सहभागितामा खाना प्रदर्शनीको तयारी गरिने तानसेन वडा न १० का वडा अध्यक्ष हिमलाल पंगेनीले बताउनुभयो । महोत्सवको मूल उद्देश्य भनेको तानसेन १० गुफाचौर क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नुका साथै यहाँको मौलिकता झल्किने खाना, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्नु रहेको बताउनुभयो ।
महोत्सवको आकर्षणको अर्को पाटो भनेको सांस्कृतिक कार्यक्रमहरू हुनेछन् । स्थानीय कलाकारहरूबाट पाल्पाली र अन्य जातीय समुदायका नाचगान, लोपोन्मुख संस्कृति झल्किने प्रस्तुतीहरू र स्थानीय बाजागाजा सहितकाे सास्कृतिक कार्यक्रमहरू पनि महोत्सवको मुख्य आकर्षण रहने आयाेजकले जनाएका छन । महाेत्सवमा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ ।
तेल्घा गुफाचौर क्षेत्रलाई प्राकृतिक सुन्दरता, हरियाली, रमणीय भू–आकृति र गुफा–धाराका कारण धेरै सम्भावना बोकेको पर्यटकीय क्षेत्रको रूपमा हेरिँदै आएको छ । यो क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सहयोग पुर्याउने विश्वास लिइएको महाेत्सव व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर रानाले बताउनुभयो । विशेषगरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न, स्थानीय उत्पादनको बजारीकरण गर्न, र गाउँमा आर्थिक गतिविधि बढाउने दीर्घकालीन लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको उहाले बताउनुभयो ।
स्थानीय सुरेश बाेहाेराले यस किसिमको कार्यक्रमले पर्यटन विकासमा योगदान नपुर्याई स्थानीय उत्पादनको प्रवर्द्धन र आर्थिक सशक्तीकरणमा समेत सघाउ पुग्याउने बताउनुभयो । उद्घाटन समारोहमा विशिष्ट व्यक्तित्वहरू, जनप्रतिनिधि, पर्यटन व्यवसायी र स्थानिय अगुवा व्यक्तिहरूको उपस्थिति रहने आयाेजकले जनाएका छन ।








































Comments