नयाँ वर्षकाे अवसरमा पाल्पाका पर्यटकीय तथा धार्मिक स्थलमा भीड

पाल्पा —नयाँ वर्षको स्वागतमा पाल्पाका पर्यटकीय तथा धार्मिकस्थलमा भीड लागेको छ । जिल्लाका पर्यटकीय स्थल श्रीनगर, तेल्घा, रम्भादेवी, बंशगोपाल पार्क, तालपोखरा, कौडेलेक, रानीमहल र श्रीनगरडाँडामा नयाँ वर्षको स्वागतमा भीड लागेको हो । श्रीनगरडाँडामा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकले भरिभराउ भएको स्थानीय बासिन्दा राम बहादुर थापाले बताए । 

 

श्रीनगर डाडाँमा,जहाँ एकै ठाउमा काेही पन्चेबाजामा कम्मर मर्काएर नाच्दै थिए,काेही झाम्रे गीतमा,काेही बैशाखकाे उखरमाउलाे गर्मी छल्न बुटवल श्रीनगर आई शितल हावाकाे अनुभव लिदै घुम्न व्यस्त थिए । नयाँ बर्ष नयाँ उमंगकाे जाेस जागर सहित प्रेम जाेडीहरू श्रीनगरमा पुगेका थिए । 

 

 नयाँ वर्षको पहिलो दिन शनिबार बिहानैदेखि श्रीनगरडाडाँमा मानिसको चहलपहल बढेको थियाे । नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक आएका हुन् । परिवार, समुह, नवजोडी श्रीनगरमा आएको बगनासकाली वडा न ९ का प्रेम बगालेले बताए । नयाँ वर्ष मनाउन विभिन्न कार्यक्रम गर्ने, पिकनिक खाने र घुम्न आउनेहरुले श्रीनगरको रौनक बेग्लै बनाएको उनले बताए ।

 

श्रीनगरडाडाबाट सुर्योदय हेर्न विहान ४ बजे देखि नै यहाँ भिड लागेको थियो । वडा १ ले सिंढीलाई सिंगारेको छ । वडाबाट बिनियाेजित करिब ५ लाख बजेटबाट विभिन्न रंग पोतेर सुन्दर बनाएको वडा सदस्य राम प्रसाद भट्टराईले  बताए ।  जिल्लाका साथै छिमेकी गुल्मी, अर्घाखाँची, स्याङ्गजा, रुपन्देही, नवलपरासीबाट नयाँ वर्ष मनाउन आएको उनले बताए ।



रिब्दीकाेट गाउँपालिका–४, हटियास्थित भैरबस्थान मन्दिरमा नयाँ वर्षको पहिलो दिन बिहानैदेखि भीड लागेको छ । पाल्पाको ऐतिहासिक एवं धार्मिकस्थल भैरवस्थान मन्दिरमा शनिबार सर्वसाधारणको घुँइचो लागेकाे मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गाेविन्द बहादुर पाेखरेलले बताए  । नयाँ वर्षको पहिलो दिन पाल्पाकै भगवती मन्दिर, प्रभास, रम्भा देवी,रानीमहल,तिनाउकाे सिद्वबाबा मन्दिर लगायतका स्थानमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेकाे थियाे । रूरू क्षेत्र रिडीमा नुहाउने र ऋषिकेशव दर्शन गर्नेको भीड लागेको थियो ।

 

 

 

Comments