नेविसंघ त्रिभुवन इकाइद्वारा फलफुल वितरण र दीप प्रज्वलन

पाल्पा – नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा त्रिभुवन बहुमुखी क्याम्पस इकाइ समितिले दुईवटा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

 

बिहानको समय पाल्पा जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गर्दै इकाइ समितिले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको हाे । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठको नेपालको लोकतान्त्रिक आन्दोलनमा विद्यार्थीहरूको भूमिका अतुलनीय रहेको बताउँदै नेपाल विद्यार्थी संघ देश परिवर्तनको अग्रपंक्तिमा उभिएको संगठन भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, "विद्यार्थीहरू परिवर्तनका वाहक हुन् । नेविसंघले हिजोको परिवर्तन ल्याउन मात्र होइन, भोलिको समृद्ध नेपाल निर्माणमा पनि महत्त्वपूर्ण योगदान दिनुपर्छ"श्रेष्ठले बताउनुभयो । उहाले त्रिभुवन बहुमुखी क्याम्पस इकाइद्वारा आयोजित फलफुल वितरण र दीप प्रज्वलन कार्यक्रमप्रति प्रशंसा प्रकट गर्दै समाजप्रति उत्तरदायी विद्यार्थीहरू नै सच्चा नेतृत्वकर्ता हुने धारणा व्यक्त गर्नुभयो । समाज सेवा, चेतना विस्तार र लोकतान्त्रिक मूल्यको संरक्षणमा संलग्न विद्यार्थीहरू नै भावी समृद्ध राष्ट्रका आधार रहेको बताउनुभयो ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य राजेन्द्र गाेपाल सिङ,नेपाली काङ्ग्रेस पाल्पाका काेषाध्यक्ष माेहन श्रेष्ठ,नेपाली काङ्ग्रेस पाल्पाका पुर्व पाटी सचिव एवम पुर्व स्व वि यु सभापति अजय मान कर्मचार्य,नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सदस्य सुरेश बाेहाेरा,त्रिभुवन बहुमुखी क्याम्पसका पुर्व स्व वि यु सभापति हरिबाेल भट्टराई,त्रिभुवन बहुमुखी क्याम्पसका निवर्तमान स्व वि यु सभापति कृष्ण अर्याल,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुवास गैरे,नेपाली काङ्ग्रेस तानसेन नगर समितिका काेषाध्यक्ष अमन श्रेष्ठ,नेपाली विद्यार्थी संघबाट प्रतिनिधित्व गरि निर्वाचित हुनु भएका स्व वि यु पदाधिकारी,नेपाल विद्यार्थी संघ पाल्पाका नेताहरूकाे उपस्थिति रहेको थियाे । 

 

त्यस्तै, साझको समयमा पाल्पाको बिपि चोकस्थित बिशाल बजारमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएकाे छ ।  दीप प्रज्वलन कार्यक्रम मार्फत स्थापना दिवसको स्मरण गर्दै लोकतान्त्रिक आन्दोलनमा विद्यार्थीहरूको योगदानको कदर गरिएको थियो । कार्यक्रममा विद्यार्थी नेताहरू, सर्वसाधारण तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईका सभापति पुण्यप्रसाद सुवेदीकाे अध्यक्षता र सचिव सुशील बस्यालकाे सञ्चालनमा सम्पन्न भएको थियाे ।

 

Comments