निस्दीमा महोत्सव जारी : आज प्रताप दास लगायतको प्रस्तुति हुने
होम राई मगर
चैत २९, पाल्पाको निस्दी गाउँपालिका वडानम्बर ४ मित्याल झ्याल्टुङमा जारी महोत्सवको तेस्रो दिन आज पनि विभिन्न कलाकारको रमाइलो प्रस्तुति हुने भएको छ । निस्दी कृषि, पर्यटन सांस्कृतिक तथा खेलकुद महोत्सव २०८० अन्तर्गत हिजो बुधबार मुख्यपाहुना जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकप्रसाद खनालले स्थानिय कृषकले उत्पादन गरेका उत्पादनलाई स्टलमा राख्न सुझाव दिदै निस्दीको पर्यटकिय विकासको लागि होम स्टे लाई अभियानका रुपमा संचालन गर्न शुभकामना दिनुभयो । कार्यक्रममा उपप्रमुख काशिका ज्ञवाली, गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु, उपाध्यक्ष तिरनकुमारी श्रेष्ठ, जिल्ला समन्वय समिति अधिकारी जनार्दन अधिकारी, वडानम्बर ३ का वडाअध्यक्ष नविन्द्र थापा लगायतले महोत्सव सफलताको शुभकामना दिनुभयो ।
निस्दी खेलकुद विकास समितीको आयोजना, निस्दी गाउँपालिकाको संरक्षणमा शुरु भएको महोत्सवमा हिजो लोकगायिका ज्योति मगर, रश्मी मगर स्थानिय कलाकार यमबहादुर सारु, ङनबहादुर सुनारी लगायतको रमाइलो प्रस्तुति रहेको थियो । महोत्सव मुल आयोजक समिति संयोजक तथा निस्दी खेलकुद विकास समिती अध्यक्ष उमेश गाहाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रेमबहादुर वाकावलले गर्नुभएको हो । महोत्सवमा आज २९ गतेबाट अन्तर पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता समेत संचालन हुनेछ । महोत्सवमा दैनिक स्थानिय एवम् राष्ट्रिय कलाकारको प्रस्तुति अन्तर्गत आज सुगम संगीतका प्रताप दास,लोक गायिका अश्मी थापा मगर,प्रिया सारु मगरको प्रस्तुति रहने सांस्कृतिक संयोजक झलक सारुले जानकारी दिनु भएको छ । निस्दी गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकिय स्थलको फोटो प्रर्दशनी, पहाडी उच्च स्थानमा संचालित महोत्सवले धेरैको मन तानेको छ । मुल आयोजक समिती उपसंयोजक प्रदिप ज्ञवालीले स्वागत गर्नुभएको महोत्सव २०८१ बैशाख ३ गतेसम्म चल्नेछ ।








































Comments