निस्दीमा एकीकृत शैक्षिक प्रणाली सम्बन्धि दुई कार्यशाला सम्पन्न

होम राई मगर

पाल्पा / १९ फागुन । निस्दी गाउँपालिका पाल्पामा एकीकृत शैक्षिक प्रणाली सम्बन्धि दुई दिने कार्यशाला सम्पन्न भएको छ ।

 

शिक्षा तथा सामाजिक बिकास शाखा मित्याल पाल्पाको व्यवस्थापन र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा कार्यशाला सम्पन्न भएको हो । विद्यालयमा एकीकृत सूचना प्रणालीलाई व्यवस्थापन गर्न,इमीसमा शैक्षिक तथ्यांक प्रविष्ट र अद्यावधिक गर्ने उद्देश्यले कार्यशाला सन्चालन गरिएको शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभयो । निस्दीमा प्राथमिक विद्यालय १७ वटा,आधारभूत विद्यालय २३ र माध्यमिक विद्यालय १२ वटा रहेको गरि जम्मा ५२ वटा विद्यालयहरु संचालित छन् ।

 

निस्दी गाउँपालिकाको सभा हलमा सन्चालन भएको कार्यशालाको सहजीकरण चन्द्र प्रकाश भट्टराईले गर्नुभएको हो ।

Comments