निस्दीको सबै वडामा राष्ट्रिय मगर एकता दिवस मनायो

होम राई मगर

पाल्पा / निस्दी गाउँपालिका पाल्पाको सबै वडाहरुमा ४२ औं राष्ट्रिय मगर एकता दिवस मनाएको छ । जम्मा ७ वटा वडा रहेको निस्दीमा आ-आफ्नो कार्ययोजना अनुसार दिवस मनाएको गाउँपालिकाले जनाएको छ ।

 

मगर एकता दिवस मनाउनका लागि प्रत्येक वडालाई ५०/५० हजार विनियोजन गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । जम्मा ८७ प्रतिशत मगर समुदाय रहेको निस्दीमा मगर संस्कृतिहरुलाई संरक्षण गर्न गाउँपालिकाले योजना अनुसार कार्य सन्चालन गरिने उहाँको भनाइ रहेको थियो । यसैबीच निस्दीको अर्चलेमा पनि विविध कार्यक्रमको आयोजना गरि मगर एकता दिवस मनाएको छ । कार्यक्रममा वडाका विभिन्न टोलहरुबाट लोपोन्मुख सांस्कृतिक झांकीहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा मगर संस्कृति सम्बन्धि ठूलो नाच,सालैजो,झ्याउरे र कौरा नाचहरु समाबेश गरिएको थियो । त्यसैगरी गोरखनाथ माध्यमिक विद्यालय अर्चलेमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप कापी र कलम वितरण गरिएको थियो । कार्यक्रममा गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बु मगर,नेपाल मगर संघ निस्दीका सचिब यम बहादुर राना मगर,वडा सचिब मीन बहादुर राना मगरले कार्यक्रमको आवश्यकता र महत्त्व बारे बोल्नुभएको थियो । वडा अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन होम राई मगरले गर्नुभएको हो ।

Comments