निस्दीको गोरखनाथ माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

होम राई मगर

पाल्पा / ९ जेठ । गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पामा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

 

निस्दी गाउँपालिका पाल्पाको आयोजना र विद्यालयको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीका आधारभूत र माध्यमिक विद्यालयहरुमा अभिभावक शिक्षा कार्यक्रम अभियानका साथ सन्चालन गरिएको बताउनुभयो । त्यसैगरी उहाँले यस वर्ष निस्दीलाई शिक्षा वर्षको रूपमा सन्चालन गरेको जानकारी दिनु हुँदै स्थानीय पाठ्यक्रम निर्माण गरि कक्षा १ देखि ३ सम्म मगरभाषाको पाठ्यपुस्तक प्रयोगमा ल्याइने बताउनुभयो । वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीले विद्यालयको भौतिक संरचना निस्दीमा खासै समस्या नरहेको बताउनु हुदै शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा निस्दीमा विभिन्न विद्यालयहरुले गरेका शैक्षिक उपलब्धि,प्रगति बारे जानकारी गराइएको थियो । यसैगरी बालमैत्री विद्यालयका अवधारणा,अभिभावकको भूमिका बारे शिक्षा संयोजक नर बहादुर थापाले जानकारी दिनुभएको थियो । कार्यक्रममा बालबिबाह हुनुका कारण,न्यूनीकरणका उपाय,कानुनी प्रावधान बारे बालमैत्री शाखा प्रमुख कुश्माखर पाण्डेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालय सेवाक्षेत्र भित्र रहेका अभिभावकहरुको उपस्थिति रहेको थियो । 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको सन्चालन बालमैत्री शाखा प्रमुख पाण्डेले गर्नुभएको हो।

Comments