निस्दीको गोरखनाथ माविको ६३औं वार्षिकोत्सब सम्पन्न

होम राई मगर

पाल्पा / २० बैशाख । गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पाको ६३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा मुख्य पाहुना सारुले विद्यालयले गरेको शैक्षिक तथा भौतिक प्रगतिको प्रशंसा गर्नुभएको थियो । उहाँले निस्दीले शैक्षिक उपलब्धि वृद्धि र शैक्षिक बिकासका लागि महत्त्वका साथ योजना तथा कार्यक्रम सन्चालन गरिएको बताउनुभयो । त्यसैगरी गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले  भौतिक बिकासलाई मात्र बिकास भएको मान्न नसकिने बताउनु हुँदै शैक्षिक बिकासले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिनुभएको थियो । कार्यक्रममा शिक्षा संयोजक नर बहादुर थापा,पूर्व विव्यस अध्यक्ष बलु गैरे,अक्षयकोष दाता अर्जुन सुनार,वडा सचिब मीन बहादुर राना,पूर्व विद्यार्थी केश बहादुर खण्डलु लगायतकाले बोल्नुभएको थियो ।

 

विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले विद्यालयको शैक्षिक तथा आर्थिक प्रगति बारे जानकारी दिनु हुँदै आर्थिक वर्ष २०७९/०८० सालको करीव १ करोड ९९ लाख ९७ हजार बराबरको आम्दानी तथा खर्च सार्वजनिक गर्नुभएको थियो । गत वर्ष देखि घरधुरीबाट आर्थिक संकलन गरि ११ कक्षा सन्चालन गरिएको र यस वर्ष देखि १२ कक्षा सन्चालनमा रहेको प्रधानाध्यापक अर्यालले बताउनुभयो । कार्यक्रममा विभिन्न समयमा अक्षयकोष स्थापना गर्न सहयोग गर्नु हुने अक्षयकोषदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

 

कार्यक्रममा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।विद्यालयका सहायक प्रधानाध्यापक लाल बहादुर बयम्बुले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन शिक्षक राजु प्रसाद भण्डारीले गर्नुभएको हो ।

  

Comments