निस्दीको अर्चलेमा अर्धवार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

होम राई मगर

  पाल्पा ।  निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वार्षिक समीक्षा तथा वडा स्तरीय  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

 

६ नम्बर वडा कार्यालय अर्चले,पाल्पाको आयोजनामा सन्चालन भएको कार्यक्रम वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्नु हुँदै वडा अध्यक्ष सुनारीले स्थानीय जनताको सल्लाह,सुझाव सदैब आवश्यक रहेको बताउनुभयो । उहाँले जनगुनासो आउन नदिन जनप्रतिनिधिहरुको जिम्मेवारी रहेकोले कर्मचारीहरुको समेत सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालय अर्चले,पाल्पाका प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले विद्यालयमा भए गरेका गतिविधि प्रस्तुत गर्नु हुँदै सहभागीहरुले उठाएका जिज्ञासा बारे बोल्नुभएको थियो । त्यसैगरी पशु प्राविधिक मनबिर नेपाली, सव इन्जिनियर कोमन सिं सुनारी लगायतकाले पनि स्थानीयको जिज्ञासा बारे बोल्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले वडा कमिटी उपाध्यक्ष कृष्ण बहादुर सुनारी, कमला देवी प्राथमिक विद्यालयका प्रधानाध्यापक लिलाराम राई,स्थानीय उपभोक्ता समितिका अध्यक्ष हुम बहादुर बयम्बु,टेक बहादुर नेपाली लगायतकाले स्थानीय जनताको गुनासो स्थानीय सरकारले सुन्नुपर्ने बताउनुभयो । कार्यक्रममा यस वर्ष अर्चलेमा सन्चालन भएका योजना कार्यक्रम बारे वडा सचिब मीन बहादुर रानाले जानकारी गराउनु भएको थियो । कार्यक्रममा विभिन्न सरकारी,गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु,टोल बिकास समितिका संयोजक र स्वास्थ्य आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

वडा कार्यालयको प्राङ्गणमा भएको कार्यक्रम वडा सदस्य मिम्श्री बयम्बुको स्वागत मन्तव्य र होम राई मगरको सन्चालननमा भएको हो ।

Comments