निस्दी–४ मित्यालमा वडा स्तरीय मिनि बाल मेला सम्पन्न
बालबालिकाको प्रतिभा प्रस्फुटन तथा बालमैत्री समाज निर्माणतर्फ सशक्त सन्देश
पाल्पा, निस्दी गाउँपालिका वडा नम्बर ४, मित्यालको आयोजना तथा निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको वडा स्तरीय मिनि बाल मेला कार्यक्रम गाैरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । मेलामा विभिन्न विद्यालयबाट आएका बालबालिकाले नृत्य, गीत, कविता वाचन, नाटक, चित्रकला, हाजिरीजवाफ लगायतका विविध प्रस्तुति दिएर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । बाल अधिकार, बाल श्रम, बाल–विवाह विरुद्ध जनचेतनामूलक सन्देश प्रवाह गर्दै बालमैत्री समाज निर्माणका सन्देशसमेत सम्प्रेषण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पाल्पा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले कार्यक्रममा बोल्दै बालबालिकाको सर्वाङ्गीण विकासमा यस्ता मेलाहरू महत्वपूर्ण भएको बताउनुभयाे । उहाले भन्नुभयाे “विद्यालयको पाठ्यपुस्तक मात्र होइन, यस्ता अतिरिक्त कार्यक्रमले बालबालिकाको आत्मविश्वास र सामाजिक चेतना दुबै वृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले वडा कार्यालय र विद्यालयको सहकार्यमा सम्पन्न कार्यक्रमले स्थानीयस्तरमै बालबालिकालाई प्रतिभा प्रदर्शन गर्ने अवसर दिएको बताउनुभयाे । उहाले आजका बालबालिका भोलिका सक्षम नागरिक हुने बताउनुभयो । यस्ता कार्यक्रमले उनीहरूको आत्मबल बढाउने र सशक्त नागरिक बनाउने आधार तयार गर्ने बताउनुभयो ।
गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मदन अर्यालले बालमैत्री नीति कार्यान्वयनमा स्थानीय सरकारको भूमिका उल्लेख्य रहेको बताउँदै बाल अधिकार, बाल संरक्षण र सिर्जनात्मक विकासका लागि यस्ता कार्यक्रमले दिशा दिने बताउनुभयो । उहाले बालबालिकाको सिर्जनात्मक क्षमता निखार्न अभिभावक, शिक्षक र समुदायको समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयाे । समृद्ध समाज निर्माणका लागि सक्षम बालबालिका तयार गर्नु हाम्रो साझा दायित्व हो रहेको बताउनुभयो । मेलामा वडा भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूले आ–आफ्ना प्रस्तुति दिएका थिए । नृत्य, गायन, नाटक र वक्तृत्व प्रतियोगिताहरूले बालबालिकाको प्रतिभा मात्र उजागर गरेन, उनीहरूका विचार र दृष्टिकोणलाई पनि उजागर गरेकाे छ ।
कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, समाजसेवी, जनप्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित अभिभावकहरूले आफ्ना बालबालिकाको प्रस्तुतिमा गर्व व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक परिवर्तन ल्याउने बताउनु भएको थियाे । जनप्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न मिनि बाल मेलाले बालबालिकालाई सशक्त अभिव्यक्तिको अवसर प्रदान गर्नुका साथै बाल अधिकारका विषयमा समुदायमा चेतना फैलाएको थियाे ।








































Comments