निस्दी गाउँपालिका पाल्पाद्वारा छात्रा खेलाडीहरुलाई सम्मान

होम राई मगर

पाल्पा / फागुन १ । निस्दी गाउँपालिका पाल्पाद्वारा पाल्पा जिल्ला स्तरीय अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत छात्रा भलिबल खेलाडीहरुलाई सम्मान गरेको छ ।

 

१५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निस्दी गाउँपालिकाले छात्रा तर्फको भलिबल प्रतियोगितामा संवरण पदक प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई जनाही ३/३ हजार,सम्मानपत्र र दोसल्लाले सम्मान गरेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो । कार्यक्रममा आगामी प्रदेश स्तरीय खेलमा छनौट भएका दुमी सरा सारु र लोकमाया बयम्बुलाई जनाही ५/५ हजार,दोसल्ला र सम्मानपत्रले समान गरेका थिए । त्यसै सोही अवसरमा प्रतियोगितामा सहभागी शिक्षक, व्यवस्थापक र प्रशिक्षकलाई समेत सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

 

यसैबीच गाउँपालिका पहिलेका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाललाई फेरि भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । कार्यक्रममा बोल्नु हुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उहाँले गरेका कार्य प्रगति बारे प्रसंशा गर्नुभएको थियो ।

Comments