निस्दी गाउँपालिका–३ क्याङ्गुरुङकाे आगलागी पिडित पल्ली परिवारलाई काङ्ग्रेसकाे सहयोग

पाल्पा- निस्दी गाउँपालिका–३ क्याङ्गुरुङकाे एक घरमा आगलागी भयाे । उक्त घर थियाे, स्थानीय श्याम बहादुर पल्लीको, निम्न बर्गीय परिवार रहेकाे पल्लीकाे घर गाेठ मात्र जलेन,उनकाे नौ महिने छोरी दिप्सना पल्लीकाे पनि त्यहीँ आगलागीमा परि मृत्युु भयाे । 

 

शनिबार मध्याह्न १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भएको थियाे । त्यहि दिन नै झुपडीमा रमाएका पल्लीकाे घरसँगै खुशीका सपनाहरू जलेर नष्ट भए ।  बालिकालाई सुताई घरका परिवार नजिकै बारीमा काम गर्न गएको अवस्थामा छाेरीको जलेर मृत्यु भएको पल्लीले बताउनुभयो ।  शनिबार १२ बजेतिर खरले छाएको घरमा एक्कासी आगलागी भयाे । गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी भएको  र आगालागीबाट छाेरी दिप्सना पल्लीको ज्यान जानुुको साथै गोठमा रहेका बाख्रा, भैसी समेत जलेर मरेका उहाले बताउनुभयाे ।

 

यसै बिच पल्लीकाे परिवारलाई नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र न १,१ ले खाधान्न एवम लत्ताकपडा वितरण रहेको छ । काङ्ग्रेसले आइतबार पल्लीकाे निवासमा पुगी राहत सामाग्री वितरण गरेको हाे । काङ्ग्रेसले करिब ४० हजार बराबरको सामाग्री हस्तान्तरण गरेको हाे ।

 

राहत सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले नेपाली कांग्रेस पार्टी जनताको सुख दुखमा साथ दिने पार्टी भएको बताउनुभएको छ । आइतबार अग्नि पिडितलाई राहत वितरण गर्न निस्दी पुगेका पार्टी सभापती श्रेष्ठले भुकम्प जस्तो महबिपत्तीमा सबै भन्दा पहिला ५० लाख सहयोगको घोषणा गर्ने र दिने पार्टी काग्रेस भएको धारणा राख्नुभयो । उहाँले कांग्रेस मिसन ८४ मात्र लिएर हिड्ने पाटी नभई गरिब जनताको लागि सधै मिसन बनाएर हिड्ने भएकाले गरिबको घरमा दुख पर्दा कांग्रेसलाई सम्झिन समेत आग्रह गर्नुभयो । नेपालकाे भाैगाेलिक बनावट अनुसार दुरदराजका स्थानहरूमा हरेक बर्ष यस्ता घटनाहरू घट्ने गरेका छन । त्यसैले स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारले यस्ता घटनाहरूकाे निवाकरणका लागि सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्न जाेड दिनुपर्ने बताउनुभयो ।  

 

कार्यक्रममा नेपाली काङ्ग्रेस महासमिति सदस्य राजेन्द्र गाेपाल सिङ,महाधिवेशन समिति सदस्य शान्ति झेडी ,जिल्ला सदस्य  अमिर राना, प्रदेश सदस्य कृष्ण अधिकारी,क्षेत्र न १,१ प्रदेश उम्मेदवार श्याम कान्त खनाल लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम पाल्पा क्षेत्र न १,१ का सभापति रामु रानाकाे सभापतित्वमा सम्पन्न भएको थियाे ।

Comments