निस्दी अर्चलेको बाल मन्चको अध्यक्षमा करिमा बयम्बु
होम राई मगर
पाल्पा / २० भदौ । निस्दी गाउँपालिका वडा-६,अर्चले,पाल्पामा बाल भेला भएको छ । भेलाले करिना बयम्बु अध्यक्ष रहेको ११ सदस्यीय नव प्रतिभा बाल मन्च पुनर्गठन गरिएको छ ।
भेलाले उपाध्यक्षमा देब बहादुर राना सचिवमा बिकास नेपाली सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सहसचिवमा लालमाया सिंजाली,कोषाध्यक्षमा सबिना बयम्बु र अन्य सदस्यमा चयन भएका छन् । मन्चका अध्यक्ष सरिता बिकको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष सारुले निस्दीले बालबालिकाको क्षेत्रमा बालमैत्री कार्यक्रमहरु सन्चालन गर्ने योजना तथा कार्यक्रम बनाएको बताउनुभयो । अध्यक्ष सारुले बालबिबाह न्यूनीकरण गर्न बाल क्लबका सदस्यहरुको भूमिका महत्त्वपूर्ण रहने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष मेख बहादुर सुनारीले शैक्षिक बिकासको लागि स्थानीय सरकारले विशेष कार्यक्रमका साथ योजनाबद्ध रुपमा आफ्ना योजनाहरु प्रस्तुत गरिएको बताउनुभयो । गाउँपालिका प्रवक्ता समेत रहनु भएका सुनारीले यस वर्ष निस्दीले सात वटै वडामा बाल मैत्री कार्यक्रमहरु सन्चालन गर्न बजेट विनियोजन गरिएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य मिम्श्री बयम्बु,वडा सदस्य कृष्ण बहादुर सोमै,वडा सदस्य प्रकाश राना गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल लगायतकाले बोल्नु भएको थियो ।
बालमैत्री शाखाका संयोजक कुश्माखर पाण्डेयले कार्यक्रमको उद्देश्य र महत्त्व बारे बोल्नु भएको कार्यक्रमको सन्चालन बाल सहजकर्ता मिम्श्री राना सुनारीले सन्चालन गर्नु भएको हो ।








































Comments