नारायण युवा क्लबले भाेली शिवरात्री भव्य रूपमा मनाउने,१०८ गौमुखे धारासहित शिव लिङ्ग स्थापना गरियाे !

पाल्पा,जिल्लाको तानसेनस्थित अमर नारायण मन्दिर परिसरको पुरानो पोखरीमा हालै १०८ गौमुखे धारा निर्माण गरी शिव लि· स्थापना गरिएको छ । तानसेन नगरपालिका २ मा नारास्थानमा रहेको प्राचिन महत्व बोकेको पोखरीमा तानसेन नगरपालिकाको पञ्च बर्षिया योजना र उपभोक्ताको संयुक्त लगानीमा १०८ वटा गाईमुखे धारा निर्माण गरी शिव लि· स्थापना गरेका छन । 

 

याे बर्षकाे शिवरात्री नारायण युवा क्लबले भव्य रूपमा मनाउने गरी तयारी गरिएको क्लबका अध्यक्ष प्रविन राज शाक्यले बताउनुभयो । याे बर्ष १०८ गौमुुखे धारा जडानसँगै शिव लि· स्थापना गरिएको र भाेली बिहानै देखि भव्य रूपमा पुजाआजा गरिने बताउनुभयो । १०८ गौमुखे पोखरीमा करीव १ हजार ६ किलो तौल भएको भक्तपुरबाट एउटै ढुङ्गाबाट कालिगढले निर्माण गरी शिव लि· र बसाहाको भव्यमुत्र्ति पोखरीमा गत सोमबार ल्याइएकाे छ ।

 

पोखरीमा राखिएको शिव शिव लि· र बसाहाको भाेली महाशिवरात्रीको दिन प्राण प्रतिष्ठा गर्ने र १०८ गौमुखे धारामा स्नानको व्यवस्था गरिएकाे नारायण युवा क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काँग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठले बताउनुभयाे । नेपाल दर्शन समूहका अगुवाहरु सन्दिप राना, प्रकट नारायण श्रेष्ठ, साकार प्रधान अविदप अमात्य, जयनेपाल घिमिरे लगायतका युवा तथा स्थानीयवासीको  सहयोगमा  शिव लि· तथा बसाह मुर्ती निर्माण गरी नारास्थानको १०८ पोखरीमा ल्याइएको समितिका अध्यक्ष बिनायक महर्जनले बताउनुभयाे  । 

 

शिवरात्रीकाे दिन अर्थात भाेली बिहान देखि नै पुजाआजा हुने र शिवरात्री बिशेष कार्यक्रमलाई सभ्य र भव्य रूपमा मनाउन तयारीलाई तिव्रता दिइएको तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभयो । साथै भक्तजनहरूलाई उपस्थितिका लागि वडा अध्यक्ष महेश्वर श्रेष्ठले आव्हान गर्नुभएको छ ।

 

Comments