नारायण युवा क्लबकाे आयाेजनामा वडा स्तरीय ब्याडमिन्टन प्रतियाेगिता

पाल्पा-नारायण युवा क्लबकाे आयाेजनामा वडा स्तरीय ब्याडमिन्टन प्रतियाेगिता भएको छ । प्रतियाेगिता नारायण युवा क्लब तानसेन वडा न २ काे आयाेजना र तानसेन वडा न २ काे आर्थिक सहयोगमा भएको हाे ।

 

प्रतियाेगिताकाे उद्घाटन नारायण युवा क्लबका सस्थापक अध्यक्ष  हिमाल दत्त श्रेष्ठले गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले तानसेन विकासका लागि खेल पर्यटन अपरिहार्य रहेको बताए । तानसेन नगरपालिकाले तानसेनलाई खेल पर्यटनकाे माध्यमबाट विकास गर्न सक्ने सम्भावना रहेको बताए ।  खेल पर्यटनकाे माध्यमबाट तानसेनलाई चलाएमान बनाउन,खेलाडीहरूकाे उत्पादन गर्न सकिने बताए । क्लबले स्थापना देखि छरिएर रहेका युवाहरूलाई संगठित गरि खेल क्षेत्रमा अग्रसर बनाउन,हरेक युवालाई उत्पादनमा जाेड्न भुमिका खेलिरहेकाे बताए ।  

 

तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले नारायण युवा क्लबले विस २०७५ सालबाट ब्याडमिन्टन प्रतियाेगिता गर्न शुरू गरेको बताए । हाल सम्म २ पटक वडा स्तरीय प्रतियाेगिता गर्न वडाबाट बजेट बिनियाेजन गरेको बताए । साथै  आगामी बर्ष पनि प्रतियाेगिता गर्ने बजेट छुट्याउने बताए । 

 

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला, पुर्व पाल्पा ब्याडमिन्टन संघका अध्यक्ष  एवम पुर्व  खेलाडी राजेश्वर उदय,क्लबका सल्लाहकार सकुन्तला बज्राचार्य,युवराज पाैडेल लगाएतकाे उपस्थिति रहेको थियाे । कार्यक्रम क्लबका पुर्व अध्यक्ष किशाेर दर्शन बज्राचार्यकाे स्वागत,सचिव बिनायक महर्जनकाे सञ्चालन र अध्यक्ष  प्रविन राज शाक्यकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।

Comments