नैराश्यतालाई आसामा बदल्ने अभिभारा जेसीजको काधमा : सभापति श्रेष्ठ
बुटवल जेसीजद्वारा पाल्पाको सित्तल फार्ममा दुई दिने संसदीय बैठक प्रणाली तालिम सुरु भएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले प्रमुख अतिथिको रूपमा बोल्दै समाजमा नैराश्यता बढ्दो भएकाले अब नैराश्यतालाई आशामा बदल्ने अभिभारा जेसीजमा आएको बताएका छन् । उनले समाजमा अनेकौं वितृष्णा आएको विद्यमान समयलाई उदाहरण दिँदै समाज बदल्ने जिम्मा जेसीजको काँधमा आएको बताए । नेपाल प्रणालीमा पनि धेरै पछाडि परेकाले यसको मार्गदर्शकको रूपमा जेसीज अभियान अघि बढ्नुपर्ने उनको भनाइ छ ।
दुई दिन सम्म चल्ने संसदीय बैठक प्रणाली तालिम नेपाल जेसीज २०२५ का कानुनी सल्लाहकार तथा नेपाल जेसीजका प्रशिक्षक समेत रहेका जेसी सुनिल तिमिल्सिनाको प्रशिक्षणमा तालिम सुरु भएको हो । वर्ष २०२५ का अध्यक्ष जेसी मोहन न्यौपानेको अध्यक्षता, महासचिव प्रकाश गैरेको सञ्चालन र तालिम संयोजक सरोज पोख्रेलको संयोजकत्वमा कार्यक्रम सुरु भएको हो। कार्यक्रममा पाल्पा जेसीजका अध्यक्ष विवेक काजी श्रेष्ठ, गुल्मी जेसीजका निवर्तमान अध्यक्ष पुन्य सुवेदी, त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सचिव सुशिल बस्याल लगायतको उपस्थिति रहेको थियो।
विधिको शासन, मानवताको सेवा, विश्व बन्धुत्वको भावना, नेतृत्व र व्यक्तित्व विकासलाई आत्मसात् गर्दै बुटवल जेसीज निरन्तर सक्रिय रहँदै आएको छ। ५२ औं वर्षमा प्रवेश गरेको यस संस्थामा १८ देखि ४० वर्षसम्मका १०१ जना सदस्य रहेका छन्।








































Comments