नेपाल दलित समाज कल्याण संघ पाल्पाले गर्यो सम्मान,अन्तरक्रिया तथा शुभकामना आदान प्रदान

पाल्पा- नेपाल दलित समाज कल्याण संघ पाल्पाले सम्मान, अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार तानसेनमा एक कार्यक्रमको आयोजना गरि  कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा पाल्पा जिल्लामा कृयाशिल राजनीतिक दल,समाजसेवी,बुद्धिजीवी,दलित अभियान्ताहरूको सहभागीता रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले संविधानमा व्यवस्था भएका  दलितका हक अधिकारको पुर्ण रूपमा कार्यान्वयन   गर्न दलित अगुवाहरुले आवाज उठाउने बेला आएको बताए । संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा संविधानमा दलितका हक अधिकार सीमित रहेको र भएका कुरा पनि कार्यान्वयनमा नआएको कुरा आएकाले अब यस्को कार्यान्वयनका लागि दलित अभियान्ताहरूले आवाज उठाउने बेला आएको बताए  । सविधानको धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक र धारा ४० मा दलितको हक सम्बन्धी व्यवस्था छ, जुन दलित समुदायसँग प्रत्यक्ष रुपमा सरोकार राख्छ । तर, त्यसको कार्यान्वयन फितलो भएको दलित अधिकार कर्मीबाट गुनासो आएकाले अहिले संविधान संशोधनको चर्चा चलिरहदा दलित अधिकार कर्मीहरू एकबद्व भएर लाग्नुपर्ने बेला आएको बताए । सभापति श्रेष्ठले नेपाली काङ्ग्रेस पाल्पाले अहिले कर्म गर्ने व्यक्तिलाई पाटी मुल्यांकन गरि जिम्मेवारी प्रदान गर्दै आएको बताए । उनले भने यो युग कुनै जाती विशेषको युग होइन,कुनै धर्म विशेष युग पनि होइन,यो युग कर्म गर्नेको युग हो । त्यसैले जस्ले कर्म गर्छ ,उस्ले जिम्मेवारी पाउछ । भन्ने परिपाटीलाई अगाडि बढाएको बताए ।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र वि कले दलितका अधिकार संविधान व्यवस्था भएता पनि पुर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको बताए । यस्को पुर्ण रूपमा कार्यान्वयन गर्न अब सबै एकबद्व हुनुपर्ने बेला आएको बताए । उनले संविधानले दलितसम्बन्धी आंशिक मुद्दा मात्रै सम्बोधन गरेको बताए । दलितहरू विभिन्न राजनीति आस्थामा रहेता पनि दलित अधिकारको लागि सबै एकबद्व हुनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्ष डुल बहादुर कुवर,एकीकृत समाजवादी पाल्पा जिल्ला अध्यक्ष अशोक कुमार,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्रीय उपाध्यक्ष रवि वि क,नेपाल राष्ट्रिय  दलित समाज कल्याण संघका निवर्तमान अध्यक्ष दल बहादुर राजपुत,पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल राष्ट्रिय दलित कल्याण संघ पाल्पाका अर्जुन सुनारको अध्यक्षता र उपाध्यक्ष तारा रसाइलीको स्वागतमा सम्पन्न भएको थियो ।

Comments