नेपाल तरूण दल पाल्पाद्वारा दीर्घरोगीलाई आर्थिक सहयोग एवम दिप प्रज्वलन सम्पन्न

पाल्पा-नेपाल तरूणदल पाल्पाले २७ औं गणेशमान स्मृति दिवसको अवसरमा दीर्घ रोगीलाई आर्थिक सहयोग प्रदान गरेको छ । तरूण दल पाल्पाले दीर्घ रोगीहरूको घरमै पुगी सहयोग गरेको हो । नेपाली काङ्ग्रेस पाल्पाको बार्षिक क्यालेन्डर अनुसार काङ्ग्रेस पाल्पाले भातृ एवम शुभेच्छुक सस्था जिम्मेवारी प्रदान गरेको छ । सोही अनुरूपमा गणेशमान स्मृति दिवसको अवसरमा तरूण दल पाल्पाले दीर्घ रोगीलाई आर्थिक सहयोग एवम तानसेन स्थित सित्तल पाटीमा दिप प्रज्वलन गरिएको तरूण दल पाल्पाका सभापति मेजर सिङ केसीले बताए । 

 

दीर्घ रोगी आर्थिक सहयोग एवम दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले नेपाली काङ्ग्रेस पाल्पाले बार्षिक क्यालेन्डर निर्माण गरि भातृ एवम शुभेच्छुक सस्थाहरूलाई क्रियाशिल बनाउन विभिन्न कार्यक्रम तय गरिएको बताए । सोहि अन्तर्गत तरूण दल पाल्पाले दीर्घ रोगीहरूलाई सहयोग प्रदान गरि प्रशंसानिय कार्य गरेको बताए । कार्यक्रममा सभापति श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । नागरिकलाई अधिकार सम्पन्न बनाउन सिंहले १५ वर्षभन्दा लामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको बताए । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालिन राजाले कू गरेपछि प्रजातन्त्र पुनस्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौं, सभापति श्रेष्ठ बताए ।

 

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहा,झपेन्द्र गैरे,सचिव सुनिता अधिकारी,नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपाने,क्षेत्र न २ का क्षेत्र सभापति मुक्तिराम जिसी,महाधिवेशन प्रतिनिधि,महासमिति सदस्य लगाएतको उपस्थिति रहेको थियो । तरूण दल पाल्पाले तानसेन वडा न १ कि दीर्घरोगी दिपा घिमिरे ,वडा न २ का अरूण गौतम र वडा न २ कै कमला रजकलाई आर्थिक सहयोग प्रदान गरिएको तरूण दल पाल्पाका सचिव गोपाल गैरेले जानकारी दिए । तरूण दल पाल्पाले २७ औं गणेशमान स्मृति दिवसको अवसरमा तानसेन स्थित सित्तल पाटीमा दिप प्रज्वलन गरिएको बताए । 

 

वि स १९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई ०४६ सालको जनआन्दोलन पछि प्रधानमन्त्री बन्न आएको अस्वीकार गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । बुधबार नेपाली कांग्रेस पाल्पाले काङ्ग्रेसका संस्थापक गणेशमान सिंहको तस्वीरमा माल्यार्पण गरि  २७ औं स्मृति दिवस मनाएको नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपानेले बताए । काङ्ग्रेस पाल्पाको बुधबार पाटीको जिल्ला कमिटीको बैठक रहेको र बैठक शुरू हुनुभन्दा पहिला स्वर्गीय लौहपुरुष त्यागी नेता स्व.गणेशमान सिंहको तस्बिरमा माल्यार्पण गरिएको बताए । 

 

Comments