नेपाल शिक्षक संघ रैनादेवी छहरा पाल्पाको चौथो स्थानीय प्रतिनिधि सभा सम्पन्न
पाल्पा-नेपाल शिक्षक संघ रैनादेवी छहरा पाल्पाको चौथो स्थानिय प्रतिनिधि सभा गाउँपालिका सभाहल अमलाबासमा सम्पन्न भएकाे छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व उर्जा,जलस्रोत तथा सिचाइ मन्त्री एवम सांसद माननीय वीर बहादुर राना उद्घाटन गर्नुभएको हाे ।
कार्यक्रममा मन्त्री रानाले सम्पूर्ण नेपाल शिक्षक संघमा आवद्व रहनु भएका शिक्षकहरूले मन,वचन र कर्मले मर्यादित र अनुशासित भइ शैक्षिक गतिविधिमा लाग्न आर्गह गर्नुभयाे । नेपाल शिक्षक संघ नेपाल काङ्ग्रेसकाे शुभेच्छुक संगठन भएकाले यसमा आवद्व रहेका साथीहरूकाे हक हित र अधिकारका लागि आफु सधैं तयार रहेको बताउदै उच्च मनाेबलका साथ पाटीकाे शिर नझुक्ने आफ्ना कार्यमा अगाडि बढ्न आर्गह गर्नुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथिहरु रैनादेवी छहरा गापा अध्यक्ष रुक्मांगत भट्टराई,नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमिति अध्यक्ष लाल प्रसाद पङ्गेनी रहनुभएको थियो । अतिथिहरुमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश आमन्त्रित सदस्य राम कार्की,नेपाल शिक्षक संघ संघीय सदस्य दीपक ज्ञवाली, ट्रेड युनियन कांग्रेस केन्द्रिय सदस्य लक्ष्मण रायमाझी,नेपाल शिक्षक संघ पाल्पा अध्यक्ष लक्ष्मण बस्याल, नेपाल शिक्षक संघका लुम्बिनी प्रदेश सदस्य टुन वीर रेश्मी साथै नल बहादुर राना,शंकर भण्डारी,विष्णु पोखरेल, हुमानसिंह कार्की, अशोक घिमिरे, सुन्दर गाहा,गोपाल रायमाझी,कुल बहादुर घर्ती मगर,अर्जुन मरासिनी, नारायण प्रसाद पौड्याल,निम प्रसाद आचार्य, थानेश्वर भण्डारी, राधा श्रेष्ठ खिमानन्द पोखरेल ,जीवलाल भण्डारी, हिराधर पाैडेल , नारायण कार्की लगायतका अतिथिहरुको उपस्थिति थियो । प्रतिनिधि सभामा सेवा निवृत्त शिक्षकहरू सूर्य प्रसाद नेपाल, लक्ष्मण पराजुली, टेकराज शर्मा, पार्वती रायमाझी र लालमणि भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रम सचिव मन बहादुर रेश्मी सञ्चालन, उपाध्यक्ष रूक प्रसाद ढकाल स्वागत र अध्यक्ष मेघराज भण्डारीकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । कार्यक्रममा सांगठनिक प्रतिवेदन अध्यक्ष मेघराज भण्डारीले, आर्थिक प्रतिवेदन अर्थ सचिव निर्मला अधिकारीले प्रस्तुत गर्नु भएको थियाे ।








































Comments