नेपाल शिक्षक संघ रिब्दीकाेटकाे चाैथाे स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

पाल्पा- नेपाल शिक्षक संघ रिब्दीकाेट गाउँपालिकाकाे चाैथाे स्थानीय प्रतिनिधि सभा तथा शिक्षक सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम नेपाल शिक्षक संघ रिब्दीकाेट गाउँपालिकाका सभापति दुर्गा थापाकाे सभापतित्वमा सम्पन्न भएको हाे । 

 

कार्यक्रमकाे उद्घाटन नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले गर्नु भएको हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले सम्पूर्ण नेपाल शिक्षक संघमा आवद्व रहनु भएका शिक्षकहरूले मन,वचन र कर्मले मर्यादित र अनुशासित भइ शैक्षिक गतिविधिमा लाग्न आर्गह गर्नुभयाे । नेपाल शिक्षक संघ नेपाल काङ्ग्रेसकाे शुभेच्छुक संगठन भएकाले यसका आवद्व रहेका साथीहरूकाे हक हित र अधिकारका लागि नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति पाल्पा सधैं तयार रहेको बताउदै उच्च मनाेबलका साथ पाटीकाे शिर नझुक्ने आफ्ना कार्यमा अगाडि बढ्न आर्गह गर्नुभयो ।

 

कार्यक्रमका विशिष्ट अतिथि रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी,नेपाली काङ्ग्रेस पाल्पा पुर्व जिल्ला सचिव माधव नेपाल,नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सदस्य डाक्टर माधव थापा,नेपाल शिक्षक संघ पाल्पाका उपाध्यक्ष अशाेक घिमिरे,अतिथिहरू वडा न २ का वडा अध्यक्ष ओम प्रकाश पाेखरेल, वडा न ३ का वडा अध्यक्ष नारायण बहादुर केसी,वडा न ५ का वडा अध्यक्ष मन बहादुर अस्लामी,कार्यपालिका सदस्यहरू रन्जना खनाल आर्चाय,नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिका अर्थ सचिव गाेपाल जङ्ग रायमाझी,जिल्ला शिक्षक महांसघका सह सचिव नारायण कुवँर लगाएतकाे उपस्थिति रहेको थियाे । 

 

कार्यक्रम नेपाल शिक्षक संघ रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष प्रकाश रायमाझीकाे स्वागत मन्तव्य,नेपाल शिक्षक संघ रिब्दीकाेट गाउँपालिका सचिव रमेश छहरीकाे कार्यक्रम सञ्चालनम सम्पन्न भएको थियाे । कार्यक्रमकाे अवसरमा सेवा निवृत्त हुनुभएका २ जना शिक्षकहरूलाई सम्मान गरिएको थियाे ।

Comments